टेलिकमले सिम र रिम कार्ड परिवर्तन गर्दा लाग्ने शुल्क घटायो, ५० रुपैयाँमा परिवर्तन गर्न पाइने

बिजमाण्डू
२०७२ मंसिर ९ गते ००:०० | Nov 25, 2015
टेलिकमले सिम र रिम कार्ड परिवर्तन गर्दा लाग्ने शुल्क घटायो, ५० रुपैयाँमा परिवर्तन गर्न पाइने
काठमाडौं । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइलको हराएको वा बिग्रेको सिम÷रिम कार्ड परिवर्तन गर्दा लाग्ने शुल्क घटाएको छ । यस अघि सिम र रिमकार्ड परिवर्तन गर्दा एक सय रुपैयाँ लाग्ने गरेकोमा अब ५० रुपैयाँ मात्रै लिने टेलिकमले जनाएको छ । 
 

 
घटेको शुल्क मंसिर १० गते देखि लागु हुनेछ । त्यस्तै रिचार्ज नगरि म्याद गुज्रेका पुल वा फ्रोजन हुने अवस्थामा पुगेका सिम/रिम कार्ड पुनः एक्टिभेट गर्दा ९० रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ ।

Tata
GBIME
Nepal Life

यस अघि एक्टिभेसन शुल्क दुई सय रुपैयाँ लाग्थ्यो ।  एक्टिभेट गरिएका सिम वा रिममा ५० रुपैयाँ टक टाइम हुने जानकारी पनि टेलिकमले दिएको छ ।