दावी भुक्तानीमा बीमा कम्पनीको वेवास्ता, सात महिनामा ३३ % मात्रै भुक्तानी, ठुला ग्राहकको बाँकी

बिजमाण्डू
२०७२ मंसिर १० गते ००:०० | Nov 26, 2015
दावी भुक्तानीमा बीमा कम्पनीको वेवास्ता, सात महिनामा ३३ % मात्रै भुक्तानी, ठुला ग्राहकको बाँकी

सविन मिश्र/बिजमाण्डू
काठमाडौं। बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरुले लापरबाही गरेका छन्। भूकम्पका कारण परेको दावीमासमेत उनीहरुले सर्वसाधारणलाई झुलाइरहेका हुन्।
 
भूकम्प गएको सात महिना बित्न लाग्दा पनि बीमा कम्पनीहरुले ३३.६२ प्रतिशत मात्रै दावी भुक्तानी गरेका छन्। भूकम्पले आफ्नो सम्पत्तिमा क्षति पुर्‍याएपछि सर्वसाधारणले त्यसको दावी बीमा कम्पनीमा गरेपनि भुक्तानीमा भने ढिलाइ भएको हो।
 

Tata
GBIME
Nepal Life

बीमा समितिले समयमै दावी भुक्तानीका लागि कम्पनीहरुलाई ताकेता गरेपनि बीमा कम्पनीले भने सर्भेयरको अन्तिम प्रतिवेदन नआएकाले भुक्तानीमा समस्या भएको बताउने गरेका छन्। 'सर्भेयरको प्रतिवेदन नआइ दावी भुक्तानी हुँदैन,' एक बीमा कम्पनीका सिइओले भने, 'सर्भेयरको प्रतिवेदन कुर्दा कुर्दै दावी भुक्तानी ढिलाइ भइरहेको छ।'
 
सर्भेयरको प्रतिवेदनमा ढिलाइ भएपछि बीमा समितिले सर्भेयरहरुलाई नै चेतावनीयुक्त पत्र पठाएको छ। बीमा समितिका निर्देशक राजुरमण पौडेलका अनुसार समितिले सर्भेयरहरुलाई तत्काल आफ्नो प्रतिवेदन बुझाउन पत्र पठाएको हो।
 
'समितिले कम्पनीलाई सोध्दा उनीहरु सर्भेयरलाई दोष दिन्छन्, त्यसैले हामीले सर्भेयरलाई नै तत्काल आफ्नो प्रतिवेदन बुझाउन भनेका छौं,' पौडेलले भने, 'उनीहरुले तत्काल प्रतिवेद नबुझाए कारबाही प्रक्रियासमेत अगाडि बढ्छ।' बीमा समितिका अनुसार अहिले तीनसय सर्भेयरले यसको काम गरिरहेका छन्।
 
बीमा कम्पनीहरुले साना दावीको भुक्तानी गरेपनि ठुलो रकम भने भुक्तानी गर्न सकेका छैनन्। समितिका अनुसार अहिले जलविद्युत आयोजना, अपार्टमेन्ट जस्ता ठुलो रकमको दावी भुक्तानी रोकिएको छ।
 
यो अवधिमा सबैभन्दा धेरै दावी भुक्तानी गर्नेमा अग्रस्थानमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। शिखरले ८९ प्रतिशत दावी भुक्तानी गरिसकेको छ। यस्तै दोस्रो स्थानमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको छ। नेपाल इन्स्योरेन्सले ७७ प्रतिशत दावी भुक्तानी गरेको छ। नेको इन्स्योरेन्सले ५० प्रतिशत दावी भुक्तानी गरेको छ। अरु बाँकी सबै कम्पनीको दावी भुक्तानी ५० प्रतिशत भन्दा कम छ।
 
बिमा समितिलाई बुझाएको दावी भुक्तानीमा सबैभन्दा पछिल्लो स्थानमा एभरेष्ट इन्स्योरेन्स छ। यो कम्पनीले १० प्रतिशत मात्रै दावी भुक्तानी गरेको छ। कम्पनीले बिजमाण्डूलाई उपलब्ध गराएको विवरण अनुसार उसले वढि भक्ताीन गरेको छ ।

यस्तै प्रिमियर र युनाइटेड इन्स्योरेन्स पनि दावी भुक्तानीमा पछाडि रहेका छन्। 

यस्ताे कम्पनीहरुकाे दावी भुक्तानीको अवस्था:

एभरेष्टको विवरण