प्रिमियम सहित शिखरको एफपिओ १७ गतेबाट, प्रति कित्ता ६५० रुपैयाँ, सर्वसाधारण हिस्सा ३०% पुग्ने

बिजमाण्डू
२०७२ मंसिर १० गते ००:०० | Nov 26, 2015
काठमाडौं। शिखर इन्स्योरेन्सले ५ लाख १० हजार ९ सय ८८ कित्ता सेयर फर्दर पब्लिक इस्यु (एफपिओ) मार्फत सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका सेयरमा ५५० रुपैयाँ प्रिमियम थपेर ६५० रुपैयाँ कित्ताका दरले बिक्री खुला गरेको हो ।
 
अहिले चुक्ता पुँजी ३५ करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको एफपिओ पछिको पुँजी ४० करोड ८७ लाख रुपैयाँ पुग्नेछ। बाँकी रकम भने कम्पनीको रिजर्भमा जम्मा हुनेछ। अहिले उसको जगेडा कोषमा १३ करोड ५५ लाख तथा बीमा कोषमा ३२ करोड ४ लाख रुपैयाँ रहेको छ।
 
शिखर इन्स्योरेन्सको एफपिओ किन्न चाहने ग्राहकले न्यूनतम १० कित्तादेखि बढिमा एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर विक्री मंसिर १७ गते खुलेर पुष २ गते बन्द हुने शिखर इन्स्योरेन्सले जनाएको छ।
 
एफपिओ खरीद विक्री प्रयोजनका लागि कम्पनीले नबिल क्यापिटललाई विक्री प्रबन्धक तोकेको छ। गत आर्थिक वर्षमा कम्पनीले ११ करोड २८ लाख रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्ष कम्पनीको प्रति सेयर आम्दानी ६९ रुपैयाँ रहेको थियो।

Tata
GBIME
Nepal Life