बजार दोहोरो अंकले झर्यो, कारोबार ३३ करोड नाघ्यो, नेपाल लाइफकोसवा चार करोडको कारोबार

बिजमाण्डू
२०७२ मंसिर १० गते ००:०० | Nov 26, 2015
काठमाडौं । सेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । बजार १२.४१ अंक ओर्लिएर १०४४ अंकमा आएको छ । कारोबार रकम भने केही वढेको छ ।

Tata
GBIME
Nepal Life

दिनभरीमा ११४ कम्पनीका ३३ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल पाँच लाख ८४ हजार १४ कित्ता सेयर किनबेच भएको हो ।

सबै सुचकहरु ओरालो लागेका छन् । बिमा ६४ अंकले तल झरेको छ भने जलविद्यु्त ३५ र बैंकिङ १४ अंक तल ओर्लिएको छ ।

बजारमा नेपाल लाइफको चार करोड २५ लाख रुपैयाँको किनबेच भएको छ भने नबिल संस्थापक दुई करोडको किनबेच भएको छ । एभरेष्ट बेंकको एक करोड ९३ लाखको कारोबार भएको छ ।

बजार घट्दा पनि नेपाल ग्रामिण विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स, इन्टरनेशनल डेभलपमेन्ट बेंकका लगानीकर्ताले कमाएका छन् । गुमाउनेमा एस डेभलपमेन्ट बैंक, राप्तीभेरी विकास र एनसिसी बैंकका लगानीकर्ता छन् ।