एनसेलको कतारबाट कल आयो पैसा आयो योजना, कतारबाट कल आउँदा प्रत्येक मिनेट एक रुपैयाँ बोनस

बिजमाण्डू
२०७२ मंसिर १० गते ००:०० | Nov 26, 2015
काठमाडौं । एनसेलले आकर्षक बोनससहित ‘कतारबाट कल आयो पैसा पायो’ योजना ल्याएको छ ।  योजना अनुसार  एनसेलका ग्राहकले कतारबाट आएको हरेक आगमन कलमा कुरा गर्दा बोनस पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
कम्पनीले मंगलबारदेखि कार्यान्वयनमा ल्याएको योजनामा पहिलो पाँच मिनेट सम्म हरेक मिनेट एक रुपैयाको दरले प्रत्येक मिनेट बोनस पाउने जनाएको छ ।  कम्पनीले छैठौं मिनेट देखि दशौंसम्म हरेक मिनेट पाँच रुपैयाँको दरले बोनस पाउने जनाएको छ । कतारबाट आगमन कलमा कुरा गर्दा एक पटकमा अधिकतम १० मिनेटसम्म बोनस प्राप्त हुने र ग्राहकले एक पटकमा अधिकतम ३०  रुपैयाँ सम्म बोनस पाउने कम्पनीले जनाएको छ । 
कम्पनीका अनुसार यसरी पाएको बोनस तीन दिनको लागि मान्य हुनेछ । यो बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न एसएमएस, एमएमएस पठाउन तथा इन्टरनेट चलाउन प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।  एनसेलका प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरेर निशुल्क योजनामा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ । 
 
“विदेशमा रहेका साथीभाई तथा आफन्तजनसँग फोन गर्दा आफन्तले आकर्षक बोनस पनि प्राप्त गर्ने भएकोले घरमा रहेका सदस्यहरुलाई विशेष लाभ प्रदान गर्ने विश्वास छ,” एनसेलका कर्पोरेट संवाद विद मिलन शर्माले भने । यो योजना तीन महिनासम्म लागु हुने कम्पनीले जनाएको छ । 
 
कम्पनीका अनुसार एनसेल कनेक्ट प्रयोगकर्ता बाहेक एनसेलका सबै ग्राहकले योजनामा सहभागी हुन पाउनेछन् । 
 

Tata
GBIME
Nepal Life