नेपाल इन्भेष्टमेन्ट बैंकले ५०१ रुपैयाँ थपेर एफपिओ गर्दै, सर्वसाधारणले ६०१ हाल्नु पर्ने

बिजमाण्डू
२०७२ मंसिर १० गते ००:०० | Nov 26, 2015
नेपाल इन्भेष्टमेन्ट बैंकले ५०१ रुपैयाँ थपेर एफपिओ गर्दै, सर्वसाधारणले ६०१ हाल्नु पर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं । नागरिक लगानी कोष र नेपाल इन्भेष्टमेन्ट बैक (एनआइविएल) बीच बिहीबार फर्दर पब्लिक इस्यु (एफपिओ) निस्कासन गर्ने सम्झौता भएको छ ।

एक सय रुपैयाँ अंकित दरका सेयरमा प्रति कित्ता ५ सय १ रुपैया प्रिमियम थप गरी प्रति कित्ता ६ सय १ रुपैयामा जारी गरिने भएको छ । बैंकले ९० लाख ६९ हजार ३ सय ८८ कित्ता सेयर निस्कासन गर्न लागेको हो ।

सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र एनआइविएलका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका हुन ।