एचटिसीले वन ए ९, डिजायर ८२८ भारतमा सार्वजनिक, अल्ट्रापिक्सेल टेक्नोलोजीमा क्यामरा

बिजमाण्डू
२०७२ मंसिर १० गते ००:०० | Nov 26, 2015
नयाँदिल्ली । ताइवानी मोबाइल कम्पनी एचटिसीले यसको उत्पादन वन ए ९ र डिजायर ८२८ बुधबार भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यसको मुल्यबारे भने अहिलेसम्म कुनै जानकारी दिएको छैन ।
 
एचटिसी ग्लोबल सेल्सका प्रमुख चिया लिन थ्याङ्गले कम्पनीले नयाँ दिल्लीमा आयोजित कार्यक्रममा यी डिभाइस दुई साता भित्र भारत भित्रिने बताए । त्यसपछि उपभोक्तालाई आश्चर्यमा पर्ने गरी मुल्य र उपलब्धताबारे खुलाशा गरिने बताए । 
 
वन ए ९ मा ५ इञ्च डिस्प्ले र यसमा क्वालकम स्न्यापड्रागन ६१७ अक्टा कोर प्रोसेसर रहेको कम्पनीले जानकारी दिएको छ । यसको रियर क्यामरा १३ मेगा पिक्सलको छ भने फ्रन्ट क्यामरा ४ मेगा पिक्सलको छ । यसमा भएको एचटिसीको अल्ट्रापिक्सल टेक्नोलोजीले सामान्य क्यामारालेभन्दा राम्रो तस्विर खिच्ने कम्पनीले दाबी गरेको छ । 
 
यो सेटमा ३ जिबी क्षमताको र्याम छ र यसको इन्टर्नल मेमोरी ३२ जिबीको छ । यसमा २१५० एमएएच क्षमताको ब्याट्री छ । डिजायर ८२८ ड्युअल सिममा मिडिया टेक प्रोसेसर छ । यसको र्याम २ जिबिको छ भने १६ जिबिको स्टोरेज छ । यसका सबै फिचरहरु एचटिसी वन ए ९ सँग मिल्छन् तर यसमा एन्ड्रोइडको ललिपप अपरेटिङ सिस्टम छ ।
 
यसमा वन ए ९ भन्दा अलि धेरै २८०० एमएएच क्षमताको ब्याट्री भएको कम्पनीले जानकारी दिएको छ । 
 

Tata
GBIME
Nepal Life