गुल्मीको सदरमुकाम तम्घासमा खोल्यो प्रभु बैंकले शाखा, मर्जरमा दोहोरिएको शाखा स्थानान्तरण

बिजमाण्डू
२०७२ मंसिर १० गते ००:०० | Nov 26, 2015
गुल्मीको सदरमुकाम तम्घासमा खोल्यो प्रभु बैंकले शाखा, मर्जरमा दोहोरिएको शाखा स्थानान्तरण


काठमाडौं । प्रभु बैंकले गुल्मीको तम्घासमा नयाँ शाखा स्थापना गरेको छ । बैंकका सञ्चालक दक्ष पौडेलले विहीबार नयाँ शाखाको उदघाटन गरे । गत वर्ष भएको मर्जरका क्रममा दोहोरिएको बुटवल शाखालाई बैंकले तम्घासमा स्थानान्तरण गरेको जनाएको छ । 


 
मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालय पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकले जानकारी दिएको छ । बैंकले नयाँ शाखा खुलेका स्थानबाट पनि सहज बैंकिङ सेवा सुरु गरिसकेको छ । 
 
प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले यो अवधिमा २६ करोड रुपैयाँ खुद नाफा गरेको पनि जानकारी दिएको छ । 

Tata
GBIME
Nepal Life