एनबी इन्स्योरेन्सको सहायक महाप्रबन्धकमा शरण रेग्मी नियुक्त, २३ वर्ष लामो वित्तीय अनुभव

बिजमाण्डू
२०७२ मंसिर १० गते ००:०० | Nov 26, 2015
एनबी इन्स्योरेन्सको सहायक महाप्रबन्धकमा शरण रेग्मी नियुक्त, २३ वर्ष लामो वित्तीय अनुभव


काठमाडौं । एनबी इन्स्योरेन्सको सहायक महाप्रबन्धकमा शरण रेग्मी नियुक्त भएका छन् । सिद्धार्थ डेभलपमेण्ट बैंकमा ६ वर्षदेखि वित्त व्यवस्थापन, बजार व्यवस्थापन, रेमिटेन्स, अवकाश कोष, सञ्चालन विभाग गरी विभिन्न विभागमा विभागीय प्रमुखको रुपमा काम गरेका रेग्मी एनबीको सहायक महाप्रबन्धक नियुक्त भएका हुन् । 
 
पछिल्लो समय बैंकिङ क्षेत्रमा रहे पनि उनले त्यसअघि निर्जीवन बीमा क्षेत्रमा १५ वर्ष भन्दा धेरै काम गरिसकेका छन् । वित्तीय क्षेत्रमा २३ वर्ष लामो अनुभव हासिल गरेका रेग्मी एनबी इन्स्योरेन्स पुगेका हुन् । 
 
रेग्मीले युनाइटेड इन्स्योरेन्समा ७ वर्ष र सगरमाथा इन्स्योरेन्स्मा ८ वर्ष काम गरेका छन् । त्यसअघि उनले हालको एनसिएम मर्चेन्ट र तत्कालीन एनआइडिसी क्यापिटल मार्केटमा दुई वर्ष सेयर निश्कासन तथा सेयर रजिष्टारको अनुभव पनि हासिल गरेका थिए ।

Tata
GBIME
Nepal Life