कमनवेल्थ फोरममा अर्बपति विनोद चौधरीले भने, नेपालमाथिको नाकाबन्दी तत्काल अन्त्य हुनुपर्छ

बिजमाण्डू
२०७२ मंसिर १० गते ००:०० | Nov 26, 2015
कमनवेल्थ फोरममा अर्बपति विनोद चौधरीले भने, नेपालमाथिको नाकाबन्दी तत्काल अन्त्य हुनुपर्छ
काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा जारी नाकाबन्दीले चरम मानवीय संकट उत्पन्न हुनसक्ने भन्दै कमनवेल्थ राष्ट्रप्रमुखहरुकोे ध्यानाकर्षण गराएका छन् । 
 
माल्टामा आयोजित कमनवेल्थ राष्ट्रप्रमुखहरुको सम्मेलन २०१५ मा अतिथि वक्ताको रुपमा विहीबार सम्बोधन गर्दै अध्यक्ष चौधरीले भूकम्पबाट थिलोथिलो भएको नेपाल हाल जारी नाकावन्दीका कारण आर्थिक संकटतर्फ धकेलिएको बताए । उनले एसियाली समन्वय एवं विकास बिषयमा सम्बोधन गरेका हुन् । 

Tata
GBIME
Nepal Life


 

नाकाबन्दीले मानिसहरुको दैनिक जनजीवन अस्तव्यस्त बनाएको र उद्योग एवं व्यवसायहरु बन्द गराएको अध्यक्ष चौधरीले बताए । 
 
सम्मेलनमा विश्वका करिब ८० राष्ट्रका राष्ट्रप्रमुख, सरकारप्रमुख र निजीक्षेत्रका अग्रणीहरुको सहभागि छन् । नेपाल कमनवेल्थ राष्ट्र नरहे पनि अध्यक्ष चौधरीलाई अतिथी वक्ताका रुपमा सम्मेलनमा आमन्त्रण गरिएको चौधरी ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
क्षेत्रीय समन्वयका लागि उदार भावना भएको क्षेत्रीय नेतृत्वको आवश्यकता पर्नेमा अध्यक्ष चौधरीले जोड दिए । ‘दक्षिण एसियाली क्षेत्रीय समन्वयको कुरा गर्दा यस क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेको राष्ट्र भारतले छिमेकीहरुप्रति उदारता देखाएर मात्रै क्षेत्रीय समन्वय संभव हुनेछ’ अध्यक्ष चौधरीले युरोपियन यूनियनको प्रसंग जोड्दै भने, ‘भारतले पनि युरोपियन युनियनको स्थापनाकालमा जर्मनीले देखाएको जस्तै उदार भुमिका देखाउन सक्नुपर्छ ।’
 
अध्यक्ष चौधरीले भूपरिवेष्टित राष्ट्र नेपालले निर्वाध पारवहनको सुविधाको आधारभूत हकसमेतबाट बञ्चित हुनुपर्ने अवस्था रहेकोमा चिन्ता ब्यक्त गरे । उनले नेपालमा जारी नाकाबन्दीले जीवनरक्षाका लागि अत्यावश्यक औषधी, खाना पकाउने ग्यास, र सवारी इन्धनको चरम अभाव भएको जानकारी पनि अन्तर्राष्ट्रिय समुदायलाई दिए । 
 
नेपालमाथिको नाकाबन्दी अन्त्यका लागि कुनै पक्षबाट सहयोग नभएको उल्लेख गर्दै अध्यक्ष चौधरीले यो परिस्थितिले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सार्थकता र प्रभावकारितामा प्रश्न उठेको बताए । 
 
“सार्क विश्वमै अत्यन्तै कमजोर क्षेत्रीय संगठनका रुपमा चर्चित छ । बेलाबेलामा प्रस्तुत हुने गरेका राम्रा पहलहरु र योजनाहरुका वावजूद पनि एक आपसमा देखिने गम्भीर मतभेदका कारण क्षेत्रीय समन्वय र विकासका हिसाबले सार्क सधै“ पछाडि पर्दै आएको छ” चौधरीले भने । 
 
क्षेत्रीय विकास र समन्वयका लागि यातायात संयन्त्रको विकासमा जोड दि“दै चौधरीले संयन्त्रका अभावमा सार्क राष्ट्रहरुबीच उत्पादन तथा वितरण लागत बढी हुने गरेको बताए । नेपाल र भूटानजस्ता भूपरिवेष्टित राष्ट्रहरु रहेको यो क्षेत्रमा अन्तदेर्शीय सडक संयन्त्रको विकास र निर्वाध पारवहनको सुविधा अपरिहार्य रहेको उने बताए । 
 
कमनवेल्थ राष्ट्रप्रमुखहरुको सम्मेलन प्रत्येक दुई वर्षमा आयोजना गरिने महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च हो जसमा राष्ट्रप्रमुख र सरकारप्रमुखहरुले साझा चुनौतीको सामना, नया“ अवसरको खोजी तथा प्राथमिकता निर्धारणसम्बन्धमा छलफल गर्दछन् ।