नेपालमा बसेर विदेशी मुद्राको अवैध कारोबार गर्ने चार चिनियाँ पक्राउ, विभिन्न देशका मुद्रा बरामद

बिजमाण्डू
२०७२ मंसिर ११ गते ००:०० | Nov 27, 2015
नेपालमा बसेर विदेशी मुद्राको अवैध कारोबार गर्ने चार चिनियाँ पक्राउ, विभिन्न देशका मुद्रा बरामद

काठमाडौं । प्रहरीले नेपाली र विदेशी मुद्राको अवैध कारोबार गर्ने ४ जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले उनीहरु सबैलाई काठमाडौंको ठहिटीबाट मंसिर ८ गते पक्राउ गरेको हो। पक्राउ पर्नेमा मा सियाओजुङ, बाओवे लू, वु पू र चुङ क्वाङ लू रहेका छन्।

उनीहरुले ठहिटीमा घर भाडामा लिएर नक्कली नोटको कारोबार गर्ने गरेको प्रहरीको भनाई छ। प्रहरीले उनीहरुको साथबाट ७१ लाख ८९ हजार ५ सय ५० नेपाली रुपैयाँ, १७ हजार ३ सय ५३ रुपैयाँ चिनियाँ युआन, ४ सय ७० युएई डिनार र ६२ अमेरिकी डलर बरामद गरेको छ। पक्राउ परेकाहरुलाई कारबाहीका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाएको छ।