अर्थमन्त्री विष्णु पौडेल भन्छन्, ‘छिमेकीले नाकाबन्दी लगाउनु पर्नेगरी नेपालीले के गल्ती गरे?’

बिजमाण्डू
२०७२ मंसिर १२ गते ००:०० | Nov 28, 2015
अर्थमन्त्री विष्णु पौडेल भन्छन्, ‘छिमेकीले नाकाबन्दी लगाउनु पर्नेगरी नेपालीले के गल्ती गरे?’

भैरहवा। अर्थमन्त्री विष्णु पौडेलले भारतको नाकाबन्दीका कारण आपूर्ति व्यवस्थापनमा आएको असहजतालाई छिट्टै समाधान गर्ने बताएका छन्। भैरहवामा आयोजित कार्यक्रममा मन्त्री पौडेलले सरकारले कुटनीतिक तवरबाटै समस्या समाधान गर्ने बताएका हुन्।
 

नेपालले संविधानसभाबाट संविधान निर्माण गर्दा छिमेकीले गरेको असहयोगप्रति आश्चर्य पनि व्यक्त गरे। ‘नेपाली जनताले संविधान बनाएर के गल्ती गरेका छन् र छिमेकीले यस्तो असहयोग गरिरहेको छ?’ उनले भने, ‘हामीले के गल्ती गर्‍यौं र जसको कारण एउटा छिमेकीले नाकाबन्दी जस्तो उपहार दिइरहेको छ ?’

Tata
GBIME
Nepal Life

काबन्दीको कारण मुलुकमा मानविय सङ्कट हुने अवस्था आएको भन्दै यसलाई कूटनीतिक तवरले समाधान गर्ने उनले बताए।

मन्त्री पौडेलले अहिलेको सीमाङ्कनमा आवश्यक्ताअनुसार संशोधनसमेत गर्न सकिने जनाउँदै प्रदेशको सीमाङ्कनको विषयमा आयोगमाफर्त तथा संसदीय आयोग बनाएर पुनःबिचार गर्न सकिने बताउए।
 
अर्को प्रसंगमा पौडेलले मुलुकमा जारी समस्याको समाधानका लागि वार्ता र सम्वाद मात्रै उत्तम विकल्प भएको पनि बताए। देश भित्रको समस्या वार्ता र सम्वादबाट नै समाधान गर्नु पर्नेमा उनले जोड दिए।
-रासस