केएल टावरको दशैं तिहार उपहार योजना सम्पन्न, मोहिनीले जितिन् भिजीसुजुकी जिक्सर बाइक

बिजमाण्डू
२०७२ मंसिर १२ गते ००:०० | Nov 28, 2015
केएल टावरको दशैं तिहार उपहार योजना सम्पन्न, मोहिनीले जितिन् भिजीसुजुकी जिक्सर बाइक
काठमाडौं । केएल टावर एण्ड मल्टिप्लेक्सले आयोजना गरेको भिजी सुजुकी जिक्सर रमाइलो दशैं तिहार योजना २०७२ सम्पन्न गरेको छ । सो योजना अवधिभर ग्राहकले लिएका एकहजार कुपनबाट लक्की ड्रमार्फत विजेता चयन गरिएको कम्पनीले जानकारी दिएको छ । 

Tata
GBIME
Nepal Life


 

यस योजना अन्तर्गत मोहिनीले भिजीसुजुकी जिक्सर बाइक, अरुना राईले सुजुकी स्वीस स्कुटर र सुन्दर कार्कीले ४ रात ५ दिनको बैंकक टुर पुरष्कार प्राप्त गरेका छन् । दैनिक उपहार योजना अन्तर्गत ३० जनाले केन जिन्दा स्मार्टफोन, ६० जनाले फ्रि मुभी टिकट, ५४ जनाले १० हजार रुपैयाँ बराबरको सपिङ भौचर र साप्ताहिक उपहार योजना अन्तर्गत सामसुङ एलसिडि टिभी, रफ्रिजरेटर, वासिङ मेसिन, टाइमएक्स घडी, प्रत्येक १ जनाले प्राप्त गरेको कम्पनीले जनाएको छ । 
 
आठ जनाले पाँच हजार रुपैयाँ बराकरको सपिङ भौचर र तीनजनाले तीन हजार रुपैयाँ बराबरको सपिङ भौचर प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ ।