काठमाडौं । वार्षिक करिव ४५ करोड रुपैयाँको मुनाफा गर्ने कान्तिपुर पब्लिकेशनबाट लगानीकर्ता रामेश्वर थापा बाहिरिने भएका छन् । साढे चार वर्ष अघि कान्तिपुरबाट विनोदराज ज्ञवाली छुट्टिएपछि थापा २४ दशमलव ६ प्रतिशत सेयर हिस्सेदार बन्दै कान्तिपुरमा प्रवेश गरेका थिए ।
थापा बाहिरिने भएपछि अहिले चार्टड एकाउन्टेन्ट बिष्णु कुमार अग्रवालको नेतृत्वमा चार जना चार्टड एकाउण्टेण्टले कान्तिपुर पब्लिकेशन प्रा.ली.को सम्पत्ति र दायित्वको मूल्याङ्कन गरिरहेका छन् । थापा र सिरोहिया दुवै जनाले वरिष्ठ अधिवक्ता सुशिल पन्तलाई ‘आरविटेटर’का रुपमा नियुक्त गरेको स्रोतले जानकारी दियो ।
थापा कान्तिपुरबाट बाहिरिएपछि सिरोहियाले पनि सिम्रिक एअरमा भएको आफ्नो २५ प्रतिशत सेयरबाट हात झिक्ने भएका छन्, त्यसैकारण अहिले कान्तिपुरको मात्रै होइन, सिम्रिक एअरको पनि सम्पत्ति र दायित्वको मूल्याङ्कन भैरहेको छ, स्रोतले भन्यो ।
चालु आर्थिक वर्षको हिसाव किताव आउन केही दिन बाँकी छ, यो हिसाव किताव आएको एक सातामा थापा र सिरोहिया छुट्टभिन्न भएको खबर आउनेछ, स्रोतले बतायो । थापा र सिरोहियाको व्याक्तिगत टकरावका कारण कान्तिपुरमा दुईजनावीच केही महिनादेखि मनमुटाव बढेको थियो ।
थापाले कान्तिपुरमा आफू पनि सेयर साझेदार भएको र, केही कर्मचारी नियुक्ति बढुवा र सरुवा गर्न पाउनुपर्ने अधिकार माग्दै आएका थिए । आफ्ना निकटस्थहरुसँग उनी एक चौथाईको सेयरधनी भए पनि आफूले कान्तिपुर रेडियोमा समेत एक जनालाई समेत सरुवा गर्न नसक्ने अवस्थामा छु भन्थे । उता सिरोहिया भने थापाजी राम्रो मान्छे हो तर उहाँले कान्तिपुरको ब्राण्डलाई ‘मिस युज’ गर्नुभयो भन्ने आरोप लगाउँथे ।
कान्तिपुर अहिले नेपालको सबैभन्दा ठूलो र बढी मुनाफा गर्ने कम्पनी हो । कान्तिपुरले चालु आर्थिक वर्षमा झण्डै एक अर्ब ३५ करोड रुपैयाँको कारोवार गरेको छ । कान्तिपुरको व्यवस्थापन निकटस्थ स्रोतका अनुसार कुल कारोवारको ३५ प्रतिशत मुनाफा बस्छ । यसको अर्थ कान्तिपुरले चालु आर्थिक वर्षमा झण्डै ४२ देखि ४६ करोड भित्र मुनाफा गर्छ ।
कान्तिपुरको कारोवार नेपाली मिडियामा दोस्रो स्थानका लागि लडिरहेका गोरखापत्र, नागरिक र अन्नपूर्णभन्दा तेब्बर छ । यी तीन ठूला दैनिकको वार्षिक कुल कारोवार ३५ देखि ४० करोड रुपैयाँको हाराहारीमा छ ।
कान्तिपुरले नेपाल इन्भेष्टमेन्ट बैंक लिड रहेको बैंकहरुको समूहबाट ७० करोड रुपैयाँ ऋण लिएको छ । विनोदराज ज्ञवाली कान्तिपुरबाट छुट्टिँदा इन्भेष्टमेन्टसँगै ग्लोबल, सनराइज, माछापुच्छ्रे र नेपाल बैंकले ७० करोडको क्रेडिट सीमा सहितको ऋण दिएका हुन् । अहिले कान्तिपुरले त्यही ऋण सीमाबाट कागज खरिदको काम गर्छ ।
कान्तिपुर पब्लिकेशनले कान्तिपुर, दि काठमाण्डू पोष्ट, नेपाल, नारी र साप्ताहिक प्रकाशन गर्छ भने कान्तिपुर रेडियो पनि कान्तिपुर पब्लिकेशनकै भगिनी संस्था हो । तर कान्तिपुर टेलिभिजन भने छुट्टै लगानी संरचनामा चलिरहेको छ । टेलिभिजनमा कान्तिपुर पब्लिकेशनको लगानी पनि छ, साथसाथै गैरआवासिय नेपाली उपेन्द्र महत्तो, जीवा लामिछाने लगायतका समूहको लगानी पनि छ ।
यसबाहेक कान्तिपुरसँ तिनकुनेमा कम्प्लेक्स छ, कम्प्लेक्स अघि प्रति आना ५० लाख रुपैयाँ पर्ने १५४ आना जग्गा छ । कान्तिपुरले प्रेस राख्नका लागि पेप्सीकोलामा १३ रोपनी जग्गा समेत किनेको छ । त्यसबाहेक कान्तिपुरसँग भैरहवा, नेपालगञ्ज, पाखेरा र भेंडेटारमा एफएम रेडियो र त्यसका लागि आवश्यक जग्गासहितको घर छ ।
कान्तिपुरका अहिले एक लाख ४५ हजार ग्राहक छन् भने एक किलो सुन अफरले ८० हजार ग्राहक थपिएका छन् । थापालाई विदा गरेपछि कान्तिपुरमा नयाँ लगानीकर्ता आउने सम्भावना छ । स्रोतका अनुसार सिरोहियाले कान्तिपुर पब्लिकेशनमा पनि लगानी गर्न गैरआवासिय नेपाली उपेन्द्र महतोलाई आग्रह गरेका थिए । तर महतोले पत्रिकामा लगानी नगर्ने स्पष्ट गरेपछि उनले अर्को लगानीकर्ता खोजिसकेका छन् । तर स्रोतले नयाँ लगानीकर्ताका वारेमा भने स्पष्ट पारेन ।
यसअघि स्थापनाकालदेखिका साझेदार विनोदराज ज्ञवालीले कान्तिपुरबाट ७५ करोड रुपैयाँ लिएर हिंडेका थिए । त्यतिवेला कम्पनीको चल अचल सम्पत्ति र ब्राण्ड भ्यालुसहित एक अर्ब ५० करोड रुपैयाँ मूल्यांकन गरिएको थियो । कानूनी रुपमा भने ज्ञवालीले कान्तिपुरबाट २५ करोड रुपैयाँ मात्र लिएका थिए । २५ करोडमध्ये आठ करोड रुपैयाँ लगानी र १७ करोड रुपैयाँ मुनाफा भन्दै त्यति मात्रको लाभकर तिरेका थिए । थापा कान्तिपुरमा प्रवेश गर्दा ३५ करोड रुपैयाँका हाराहारीमा लगानी गरेका थिए ।
प्रतिक्रियाहरुको क्रम: नयाँ » पुरानो
bikash Jul 11, 2012 - 09:12 pm
sayal lai dasalagda gau pascha, manxe lai dasalagda gau pascha, kantipurpublication lai dasa lagda futchan!! poisa le yo nai garcha!
rajib Jul 11, 2012 - 07:20 am
kantipur ko graahak sankhyaa ra munafaa bhraamak chha... sun scheme le banaako grahak sankhya jamma 38,000 ho .... binod gyawali le 75 crore ko nai tax teereko hun...
rajib Jul 11, 2012 - 07:19 am
kantipur ko graahak sankhyaa ra munafaa bhraamak chha... sun scheme le banaako grahak sankhya jamma 38,000 ho .... binod gyawali le 75 crore ko nai tax teereko hun...
Phurba Jul 10, 2012 - 11:38 pm
— २ पटक सम्पादित
Sirohiyoko dadagira le garda pheri kantipur futeko jasto 6. Herum K hun6 aaba.