सिद्धार्थ बैंकले बिजिनेस युनिभर्सल गाभ्ने, सेयरको दाम ६४ रुपैयाँ, मर्जरपछि पुँजी ३५८ करोड



बिजमाण्डू
२०७२ पुष २३ गते ००:०० | Jan 7, 2016
सिद्धार्थ बैंकले बिजिनेस युनिभर्सल गाभ्ने, सेयरको दाम ६४ रुपैयाँ, मर्जरपछि पुँजी ३५८ करोड


काठमाडौं । सिद्धर्थ बैंक लिमिटेडले बिजिनेस युनिभर्सल डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ । राष्ट्र बैंकले पुँजी बृद्धि योजना ल्याएपछि दवावमा रहेका दुबै संस्थाले मर्जरमा जान सम्झौता गरेका हुन् ।

Tata
GBIME
Nepal Life

दुबै बैंकको सेयर कारोबार बिहीबारबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्थगित गरिएको छ । सेयर रोक्कापछि दुबै संस्था सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंक जाँदैछन् ।

बिजिनेस युनिभर्सले  फेवा विकास बैंकसँग मर्जर सम्झौता तोडेर क वर्गको सिद्धार्थ बैंकसँग मिसिन लागेको हो । केही समयअघि मात्रै फेवासँग बिजिनेस युनिभर्सले मर्जर सम्झौता तोडेको थियो ।

स्रोतका अनुसार मर्जरपछि बिजिनेस युनिभर्सलका लगानीकर्ताको एउटा सेयरको मूल्यांकन ६४* रुपैयाँ गरिएको छ ।

अहिले सिद्धार्थ बैंकको  चुक्ता पुँजी दुई अर्ब ४३ करोड रुपैयाँ छ । बैंकले २० प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको छ । वोनस सेयरपछि बैंकको पुँजी दुई अर्ब ९२ करोडको हाराहारीमा पुग्नेछ ।

बिजिनेस युनिभर्सले १३ प्रतिशत वोनस सेयर दिएको थियो । वोनस सेयरपछि बैंकको पुँजी एक अर्ब पाँच करोड रुपैयाँ पुगेको छ ।

दुबै संस्था मर्जर भएपछि चुक्ता पुँजी तीन अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ । बिजिनेस युनिभर्सलको चुक्ता पुँजीबाट जोगिने ३७ करोड ८० लाख रुपैयाँ नयाँ बैंकको जगेडा कोषमा जाने छ, यो रकम नगदका रुपमा वाँड्न नमिले पनि वोनस सेयरका रुपमा वाँड्न मिल्छ ।

(* बिजिनेस युनिभर्सलको सेयर मूल्यांकन ६४ रुपैयाँ गरिएको छ हुनु पर्नेमा ५० रुपैयाँ भएकाले सच्याइएको छ)