राष्ट्रिय बाणिज्य बैंकले माग्यो सिइओ, राजनीतिक दलको सदस्य हुन नहुने, तलव दुई लाख ६० हजार रुपैयाँ

बिजमाण्डू
२०७२ पुष २६ गते ००:०० | Jan 10, 2016
राष्ट्रिय बाणिज्य बैंकले माग्यो सिइओ, राजनीतिक दलको सदस्य हुन नहुने, तलव दुई लाख ६० हजार रुपैयाँ
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । गत साता चार बर्षे कार्यकाल पुरागरी कृष्णप्रसाद शर्मा अवकास भएपछि बैंक सञ्चालक समितिले नयाँ प्रमुख कार्यकारीको पद पुर्तिका लागि आवेदन माग गरेको हो ।

Tata
GBIME
Nepal Life

नयाँ प्रमुख कार्यकारीका लागि माग १५ गतेसम्म आवेदन दिइसक्न पर्छ । नयाँ प्रमुख कार्यकारीले कम्तिमा स्नातक उत्तिर्ण गरेको हुनु पर्छ । सञ्चालक तथा कार्यकारी पदमा पाँच बर्ष अनुभव भएको व्यक्तिले आवेदन दिन पाउने छ । बैंक तथा वित्तीय संस्था वा संगठित क्षेत्रमा अधिकृत तहभन्दा माथिकाले आवेदन दिन पाइने सञ्चालक समितिले जनाएको छ ।

६० बर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्ने छ । आवेदन दिने व्यक्ति राजनीतिक दलको सदस्य नभएको हुनु पर्छ । उसले सञ्चालक समितिलाई व्यवसायिक कार्ययोजना पनि वुझाउनु पर्छ ।

नयाँ प्रमुख कार्यकारीले मासिक तलव दुई लाख ६० हजार रुपैयाँ पाउने छन् । प्रत्येक बर्ष तलव बृद्धिको ग्यारेन्टी सञ्चालक समितिले गरेको छ । बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी छनौटका लागि अर्थमन्त्रालयका सहसचिव कृष्ण देवकोटको संयोजकत्वमा पदपुर्ति समिति बनाइसकेको छ ।