सानिमा बैंकले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने, चुक्ता पुँजी ४ अर्ब ५९ करोड पुग्ने



बिजमाण्डू
२०७२ पुष २७ गते ००:०० | Jan 11, 2016
सानिमा बैंकले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने, चुक्ता पुँजी ४ अर्ब ५९ करोड पुग्ने


काठमाडौं । सानिमा बैंकले ५० प्रतिशत (२ः१) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले एकअर्ब ५३ करोड रुपैयाँ बराबरको एककारोड ५३ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 
 
बैंकले हकप्रद सेयर निष्काशन गर्न नबिल इन्भेष्टमेण्ट बैंकिंङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यो सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईं र नबिल इन्भेष्टमेण्ट बैंकिंङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले हस्ताक्षर गरेका छन् । 


 
सानिमा बैंकले आफैंले २०७४ को असार मसान्तसम्ममा आठ अर्ब पुँजी पुर्‍याउने प्रस्ताव राष्ट्र बैंकसमक्ष गरेको थियो । बैंकले चालु आर्थिक वर्षमा ५१ करोड रुपैयाँ बराबरको बोनस सेयर र ५० प्रतिशत हकप्रद गरी चार अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने जनाएको छ । 
 
बैंकले अर्को वर्ष पनि ४० प्रतिशतका दरले हकप्रद निष्काशन गर्ने र ५५ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरणको योजना अगाडि सारेको छ । आगामी वर्ष बोनस र हकप्रद वितरणपछि बैंकको चुक्ता पुजी सात करोड १९ लाख रुपैयाँ पुग्नेछ । 
 
बैंकले २०७४ असार मसान्तको नाफापछि ८२ करोड ८० लाख रुपैयाँ बराबरको बोनस दिनो योजना अगाडि सारेको छ । यो बोनस वितरणपछि बैंकको चुक्ता पुजी ८ अर्ब नाघ्नेछ । 
 

Tata
GBIME
Nepal Life