बैंक कर्मचारीलाई अनिवार्य ५% सेयर दिन बाफियामा संशोधन, इच्छाराज तामाङ मस्यौदाको चर्को विरोधमा



बिजमाण्डू
२०७२ माघ ४ गते ००:०० | Jan 18, 2016
काठमाडौं । संसदको अर्थसमितिले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको मस्यौदामा परेको संशोधन प्रस्तावमाथि निर्णय गर्न अर्को उपसमिति बनाएको छ ।

Tata
GBIME
Nepal Life

उपसमितिमा सिभिल बैंकका अध्यक्षसमेत रहेको इच्छाराज तामाङ छन् ।

पुँजी बृद्धिको योजनाको चर्को विरोध गर्दै आएका तामाङले वाफियामा अध्यक्षको कार्यकाल तोक्ने विषयको पनि विरोध गर्दै आइरहेका छन् ।

सात सदस्यीय उपसमितिलाई १५ दिनको समय दिइएको छ ।

बाफियामाथि सभासद्हरुको ३२ वटा संशोधन परेको छ ।

जसमा सर्वसाधारणलाई दिइने ३० प्रतिशत सेयरबाट पाँच प्रतिशत कर्मचारीलाई छुट्याउनु पर्ने, प्रमुख कार्यकारी, सञ्चालक र अध्यक्षको पदावधीलगायतमा संशोधन परेको छ ।