यातायात व्यवस्था विभागले छान्यो ट्याक्सी दर्ता गर्न पाउने पाँच सय जना मजदुर, असारसम्म म्याद

बिजमाण्डू
२०७२ माघ ९ गते ००:०० | Jan 23, 2016
यातायात व्यवस्था विभागले छान्यो ट्याक्सी दर्ता गर्न पाउने  पाँच सय जना मजदुर, असारसम्म म्याद
काठमाडौं । यातायात व्यवस्था विभागले स्वरोजगार मजदुर तर्फ ट्याक्सी दर्ताका लागि आवेदन दिने मध्ये गोला प्रथाबाट पाँच सय जनालाई छनौट गरेको छ । स्वरोजगार मजदुर तर्फबाट ६ हजार दुई सय ५३ जनाले ट्याक्सी दर्ताका लागि आवेदन दिएका थिए । 
 विभागले यस अघि नै सर्वसाधारणका तर्फबाट आवेदन दिनेहरुलाई गोलाप्रथाबाटै छनौट गरिसकेको छ । शनिबार मजदुरतर्फका आवेदक छानिएको हो । विभागले ट्याक्सी दर्तागर्न पाउनेको नाम आफ्नो वेबसाइट र गोरखापत्रमा सार्वजनिक गर्ने जनाएको छ । 
 
गोलाप्रथाबाट छानिएकाहरुले २०७३ असार मसान्त भित्र आफनो नाममा टयाक्सी दर्ता गरि सक्नु पर्नेछ । 
 

Tata
GBIME
Nepal Life