एभरेष्ट इन्स्योरेन्सले माग्यो प्रमुख कार्यकारी अधिकृत, स्नातकोत्तर र १० वर्षको अनुभव हुनुपर्न

बिजमाण्डू
२०७२ माघ १२ गते ००:०० | Jan 26, 2016
एभरेष्ट इन्स्योरेन्सले माग्यो प्रमुख कार्यकारी अधिकृत, स्नातकोत्तर र १० वर्षको अनुभव हुनुपर्न


काठमाडौं। एभरेष्ट इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मागेको छ। कम्पनीले २१ दिन भित्र आवेदन दिन भन्दै प्रमुख कार्यकारी अधिकृत मागेको हो।
 
एभरेष्टको सिइओ बन्न चाहने व्यक्तीले स्नातकोत्तर गरेको हुनुपर्नेछ भने १० वर्षको कार्यअनुभव पनि चाहिन्छ। कम्पनीले कुनै बीमा कम्पनीको व्यवस्पकीय तहमा कम्तिमा दुई वर्ष काम गरेको हुनुपर्ने पनि उल्लेख गरेको छ। कम्पनीले सिइओको क्राइटेरिया बीमकको संस्थागत सुशासन सम्बन्धित निर्देशिका २०६९ हुने पनि स्पष्ट पारेको ।
 
यस्तै कम्पनीले चिफ फाइनान्स अफिसरका लागि पनि विज्ञापन आव्हान गरेको छ। यसका लागि स्नातक वा स्नातकोत्तर अथवा चार्टर्ड एकाउन्टेन्टको योग्गता तोकिएको छ। यो पदका लागि पनि २१ दिन भित्र आवेदन दिनुपर्ने एभरेष्ट इन्स्योरेन्सले जनाएको छ।

Tata
GBIME
Nepal Life