पेट्रोल नपाएर हैरान हुनुहुन्छ, किन्नुस बिजुलीबाट चल्ने स्कुटर, १३५ हजारमा पाइन्छ यस्तो स्कुटर

बिजमाण्डू
२०७२ माघ १७ गते ००:०० | Jan 31, 2016
पेट्रोल नपाएर हैरान हुनुहुन्छ, किन्नुस बिजुलीबाट चल्ने स्कुटर, १३५ हजारमा पाइन्छ यस्तो स्कुटर

पवन तिमिल्सिना/बिजमाण्डू
काठमाडौं। भारतीय नाकाबन्दीले पेट्रोल अभाव भएको बेला नेपाली बजारमा पेट्रोल बिना चल्ने इलेक्ट्रिक स्कुटर सार्वजनिक भएको छ। फिलिपिनी कम्पनी टेल जी इलेक्ट्रिक बाइसाइकल्सले भृकुटिमण्डपमा चलिरहेको सुबिसु क्यान इन्फोटेक मेलामा विद्युतीय माध्यमबाट चल्ने स्कुटर सार्वजनिक गरेको हो। इलेक्ट्रिक चार्जबाट चल्ने यो स्कुटर वातावरणमैत्री छ।
 

Tata
GBIME
Nepal Life

ब्लेज, थण्डर, ल्याण्ड रोभर र टर्टल गरि चारवटा भिन्न क्षमता र मोडलका इलेक्ट्रिक स्कुटर कम्पनीले सार्वजनिक गरेको हो। यी स्कुटरको मूल्य एकलाख ३५ हजार रुपैयाँदेखि १ लाख ८५ हजार रुपैयाँसम्म रहेको छ। मेला अवधिभर प्रत्येक स्कुटर खरीदमा १० हजार रुपैयाँको डिस्काउण्ट अफर रहेको कम्पनीले जनाएको छ।
 
कम्पनीले स्कुटरमा पेट्रोलगायतका इन्धनको आवश्यकता पर्दैन। साथै यस स्कुटरले ध्वनी प्रदुषणलाई पनि निषेध गर्ने कम्पनीले जनाएको छ।
स्कुटरमा एआरएस प्रविधि जडान गरिएको छ। तीनवटा गियर रहेको छ। यो स्कुटर सामान्य भन्दा ३० प्रतिशत धेरै क्षमतावान रहेको कम्पनीले दावी गरेको छ। यी स्कुटरमा ट्युबलेस टायर प्रयोग भएको छ। हरेक स्कुटरमा भिन्नभिन्न क्षमताको लिड एसिड ब्याट्री प्रयोग भएको कम्पनीले जानकारी दिएको छ।
 
ब्लेज
ब्लेजको मूल्य एकलाख ३५ हजार रुपैयाँ रहेको छ। लिड एसिड ब्याट्री प्रयोग भएको ब्लेजको ब्याट्री क्षमता ६० भि २० एएच छ। यो ब्याट्री चारदेखि ६ घण्टासम्म चार्ज गर्दा स्कुटर ८० देखि ९० किलोमिटरसम्म गुड्ने कम्पनीले जनाएको छ।
 
ब्लेज स्कुटर अधिकतम गति ५५ किलोमिटर प्रतिघण्टा छ। ९२ किलोग्राम तौल रहेको यसको पावर एकहजार वाट रहेको छ। यस स्कुटरको लम्बाइ १७ सय मिलिमिटर, ६ सय ८० मिलिमिटर चौडाई र एकहजार ६० मिलिमिटरको उचाइ रहेको कम्पनीले जानकारी दिएको छ।
थण्डर
थण्डरको मूल्य एकलाख ४५ हजार रुपैयाँ रहेको छ। एकहजार वाट पावरको यस स्कुटरको स्पिड अधिकतम ५५ किलोमिटर प्रतिघण्टा रहेको छ। यसको तौल ८३.५ किलोग्राम रहेको छ। यसको लम्बाई १८ सय १० मिलिमिटर, चौडाई सातसय मिलिमिटर र उचाई ११ सय मिलिमिटर रहेको कम्पनीले जानकारी दिएको छ।
थण्डरको ब्याट्री चारदेखि ६ घण्टासम्म चार्जमा ८० देखि ९० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको ब्याट्री क्षमता ६० भि २० एएच रहेको कम्पनीले जानकारी दिएको छ।
 
ल्याण्ड रोभर
ल्याण्ड रोभरको मूल्य एकलाख ७५ हजार रहेको छ। यसको पावर दुईहजार वाट छ भने स्पिड ६० किलोमिटर प्रतिघण्टा छ। यसको तौल एकसय २२ किलोग्राम रहेको छ। यसको लम्बाई दुईहजार ७० मिलिमिटर, चौडाई सातसय १०  मिलिमिटर र एकहजार १ सय ६० मिलिमिटर रहेको कम्पनीले जानकारी दिएको छ।
यस स्कुटरको ब्याट्री क्षमता ७२ भि२० एएच रहेको छ। यो स्कुटरको ब्याट्री चारदेखि ६ घण्टाको स्पिडमा ६० देखि ७० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ।
 
टर्टल
टर्टलको मूल्य एकलाख ८५ हजार रुपैयाँ रहेको छ। यसको पावर १५ सयवाट छ। यसको स्पिड ६० किलोमिटर प्रतिघण्टा रहेको छ।
 
यस स्कुटरको तौल एकसय १३ किलोग्राम छ। यसको लम्बाई एकहजार आठसय ५० मिलिमिटर, चौडाई नौसय मिलिमिटर र उचाई ११ सय ५० मिलिमिटर रहेको कम्पनीले जानकारी दिएको छ। यसमा प्रयोग भएको ब्याट्री क्षमता ७२ भि २०एएच छ।