आईएमईले गर्‍यो राष्ट्रिय फुटबल टिमका खेलाडीलाई सम्मान, जनही २५ हजार रुपैयाँ सहित सम्मानपत्र

बिजमाण्डू
२०७२ माघ १७ गते ००:०० | Jan 31, 2016
आईएमईले गर्‍यो राष्ट्रिय फुटबल टिमका खेलाडीलाई सम्मान, जनही २५ हजार रुपैयाँ सहित सम्मानपत्र

काठमाडौं । बंगबंधु गोल्डकप बिजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी एवं खेल पदाधिकारीलाई आइएमई लिमिटेड एवं ग्लोबल आइएमई बैंक लिमिटेडले सयूक्त रुपमा सम्मान गरेको छ । बैंकले खेलाडी र पदाधिकारीलाई जनही २५ हजार रुपैयाँ सहित सम्मान गरेको हो ।
 
गत साता बंगलादेशको राजधानी ढाकास्थित बंगबंधु रंगशालामा आयोजित बंगबंधु गोल्डकप नेपालले जितेको थियो । विजेता टोली र पदाधिकारीलाई आइएमई लिमिटेड एवं ग्लोबल आइएमई बैंकले आइतबार ललितपुर सातदोबाटो स्थित एन्फा हाउसमा सम्मान गरेको हो ।

Tata
GBIME
Nepal Life

 

कार्यक्रममा आइएमई लिमिटेडका कार्यकारी अध्यक्ष चन्द्रप्रसाल ढकालले खेल क्षेत्रमा आफू र आफू सम्बद्ध कम्पनीले सहयोग गर्दै जाने बताए । ग्लोबल आइएमई बैंकले कुनै पनि राष्ट्रिय टिमका खेलाडीलाई शुन्य मौज्दातमा खाता खोल्ने सुविधा तथा निशुल्क एटीएम कार्ड उपलब्ध गराउने घोषणा गरेको छ।
 
सम्मान कार्यक्रमलाई आइएमई लिमिटेडका आइएमई लिमिटेडका कार्यकारी निर्देशक हेम राज ढकाल (रामु), ग्लोबल आइएमई बैंकका निमित्त कार्यकारी अधिकृत जनक शर्मा पौड्याल एवं आइएमईका कार्यकारी प्रमुख सुमन पोखरेलले लगायतले सम्बोधन गरेका थिए ।
 
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान विराज महर्जन एवं प्रमुख प्रशिक्षक वाल गोपाल महर्जनले नीजि क्षेत्रको रुपमा आइएमई समुहले खेल क्षेत्रलाई दर्शाएको प्रोत्साहनले थप खेल कौशल प्रदर्शन गर्न प्रेरणा मिलेको  बताए । अखिल नेपाल फुटबल संघका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले खेल क्षेत्रमा आइएमई समुहको स्वतस्फुर्त प्रोत्साहनका लागि कृतज्ञता व्यक्त गरे ।