तपाईको मोवाईल ढिलो चार्ज हुने कारणहरु यस्ता छन्, अपनाउनुस यी तरिकाहरु चाँडै चार्ज हुन्छ

बिजमाण्डू
२०७२ माघ १८ गते ००:०० | Feb 1, 2016

लण्डन
कुनै पनि स्मार्टफोन फूल चार्ज हुनको लागि १ देखि ३ घण्टा (मोबाइल अनुसार फरक पर्दछ) सम्म लाग्न सक्छ। तर कहिल्यै यस्तो महशुस गर्नुभएको छ कि तपाईँको मोबाइल ढिलो चार्ज भैरहेको छ?
मोबाइल ढिलो चार्ज हुनुको पछाडि यस्ता कारणहरू हुन सक्छन, जुन तपाईँले याद गर्नुभएको थिएन होलाः

Tata
GBIME
Nepal Life

१. ब्याकग्राउण्ड एप्स चलिरहँदा
विशेष गरी स्मार्टफोनहरूमा फेसबुक, ट्वीटर,गेम, मेल र विभिन्न एपहरू ब्याकग्राउण्डमा चलिरहेका हुन्छन। जसले लगातार ब्याट्रीको ऊर्जा खपत गरिरहेका हुन्छन् र त्यसको कारणले ढिलो चार्ज हुने गर्दछ।

२. सबै कनेक्टिभिटी सेवालाई एकैसाथ प्रयोग गर्दा
हाम्रो मोबाइलमा भएका वाइफाइ, ब्लुटुथ, जिपिएस, लोकेसन आदि सेवाहरू एकैसाथ प्रयोग गर्दा अधिकांश ब्याट्री पावर यसैले खाने गर्दछ, जसले गर्दा ढिलो चार्ज हुने गर्दछ।

३. कम पावर भएको श्रोतबाट चार्ज गर्दा
यदि तपाईँले आफ्नो ल्यापटप तथा कम्प्यूटरबाट मोबाइल चार्ज गर्नुभएको छ भने पनि ढिलो चार्ज हुने गर्दछ। साथै, वाइरलेसबाट अनि इन्भर्टरबाट चार्ज गर्दा पनि ढिलो चार्ज हुन्छ।

४. खराब एडप्टरको प्रयोग गर्दा
युनिभिर्सल चार्जर अथवा लोकल एडप्टरबाट मोबाइल चार्ज गर्दा पनि ढिलो चार्ज हुन्छ, साथै यसले ब्याट्रीलाई बिगार्न सक्ने सम्भावना पनि बढी हुन्छ। अधिकांशले यस्तो खराब चार्जर वा एडप्टरबाट चार्ज गर्दा ब्याट्री फुलेको पनि पाउने गरेका छन्।

५. गलत ब्याट्रीको प्रयोग गर्दा
तपाईँको मोबाइलको साथमा आएको ब्याट्री बाहेक अन्य खराब ब्याट्री (एउटै मोडेलको भएपनि) अथवा डुप्लिकेट ब्याट्रीको प्रयोग गर्दा पनि ढिलो चार्ज हुने गर्छ। कुनै कुनै मोबाइलको त सुरुमा किन्दा नै गलत ब्याट्री प्रयोग भएको हुन्छ। त्यसैले यदि तपाईँको मोबाइल ढिलो चार्ज भएको छ भने ब्याट्रीलाई जाँच्नुहोस्।

६. चार्ज गरिरहँदा मोबाइल चलाउँदा
चार्ज गरिरहेको बेलामा कल गर्ने, गीत सुन्ने अथवा नेट चलाउने जस्ता क्रियाकलापहरू गर्दा पनि ढिलो चार्ज हुने गर्दछ।

७. मोबाइलको चार्जिङ् पोर्ट बिग्रिँदा
मोबाइल ढिलो चार्ज हुनुमा माथिका कुनै पनि कारण सामेल भएका छैनन् भने तपाईँको मोबाइलको चार्जिङ पोर्ट पनि खराब भएको हुन सक्छ।