मंगलबार सुनको भाउ तोलको तीनसय रुपैयाँ महँगो, ५१ हजार पाँच रुपैयामा किनबेच, चाँदीको भाउ स्थिर

बिजमाण्डू
२०७२ माघ १९ गते ००:०० | Feb 2, 2016
मंगलबार सुनको भाउ तोलको तीनसय रुपैयाँ महँगो, ५१ हजार पाँच रुपैयामा किनबेच, चाँदीको भाउ स्थिर

काठमाडौं। सुनको भाउ बढेको छ। साताको दोस्रो दिन सोमबारस्थिर रहेको सुनको भाउ मंगलबार भने तीन सय रुपैयाँले उकालो लागेको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको ५१ हजार पाँचसय रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुनको भाउ तोलाको ५१ हजार दुईसय रुपैयाँ कायम भएको थियो।

सुनको भाउ बढेपनि चाँदीको भाउ स्थिर रहेको छ। महासंघका अनुसार चाँदीको भाउ तोलाको ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।