क्यान इन्फोटेकमा तपाईले यि सामान किन्न नछुटाउनुहोस,पचास प्रतिशत छुटदेखि निशुल्क पेनड्राइभ

बिजमाण्डू
२०७२ माघ १९ गते ००:०० | Feb 2, 2016
क्यान इन्फोटेकमा तपाईले यि सामान किन्न नछुटाउनुहोस,पचास प्रतिशत छुटदेखि निशुल्क पेनड्राइभ


काठमाडौं। प्रविधिको प्रयोग तथा प्रदर्शनी र तन्नेरीहरुको सबैभन्दा बढि चासो रहने नेपालको सवैभन्दा ठूलो सुचना प्रविधि मेला सुविसु क्यान इन्फोटेक भोलिसम्म चल्नेछ। 

Tata
GBIME
Nepal Life

संसारभरी नै विज्ञानले आविस्कार गरेका नयाँ नयाँ कुराहरुको चासो जो कोहिले लिइ नै रहेका हुन्छन् । तपाईं पनि क्यान इन्फोटक मेलामा जानुहँदैछ भने उल्लेखित सामानहरु तपाईका लागि धेरै उपयोगी हुन सक्छन् । 
 
पहिलोपटक म्युजिक एटिएमको प्रयोग

विश्वमा नै पहिलोपटक म्युजिक नेपालले गीतसंगीतको पाइरेसि नहोस भनेर म्युजिक एटिएमको सुरुवात गरेको छ । एटिएमको मेशिनजस्तै देखिने उक्त मेशिनवाट उपभोक्ताले गीत संगीतलाई आफ्नो स्टोरेज डिभाइसमा राख्न सक्नेछन् । एमपी थ्री गीतको पाँच रुपैँया र भिडियो गीतको १० रुपैया मूल्य तोकिएको छ ।


 
इन्धन अभावमा पनि चल्ने इ-स्कुटर

पेट्रोल अभाव भएको बेला नेपाली बजारमा पेट्रोल बिना चल्ने इलेक्ट्रिक स्कुटर सार्वजनिक भएको छ। फिलिपिनी कम्पनी टेल जी इलेक्ट्रिक बाइसाइकल्सले भृकुटीमण्डपमा चलिरहेको सुबिसु क्यान इन्फोटेक मेलामा विद्युतीय माध्यमबाट चल्ने स्कुटर सार्वजनिक गरेको हो। इलेक्ट्रिक चार्जबाट चल्ने यो स्कुटर वातावरणमैत्री छ।


 
इन्टरनेट जडानमा भारी छुटको व्यवस्था

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले क्यान मेलाको अबसर पारेर जडान तथा आफ्नो सेवामा विशेष अफर ल्याएका छन् । वल्र्डलिङ, सुविसु, भायनेट, क्लासिकटेक, आइटेल, वेभसर्फर आदि इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफ्ना पुराना र नयाँ ग्राहकलाई लक्षित गरि विभिन्न योजना ल्याएका छन् । सुविसुले जडान शुल्क साथै बम्पर अफरमा १२ हजार सम्मको छुट दिइरहेको छ । फाइबर र केवल मोडेम, सेटअप टिभि बक्स आदि भारि छुट दिइरहेको छ । त्यस्तै वर्डलिङ्कले पनि विभिन्न अफरमा एक हजार रुपौयासम्मको छुट दिएरहेको छ । भायनेटले पनि आकर्षक अफर दिदैँ आठ हजार सम्मको छुट दिइरहेको छ । त्यस्तै वेभसर्फरले पनि नयाँ ग्राहकका लागी जडान खर्चमा ६ हजारसम्मको छुट दिइरहेको छ ।   


 
 
एन्टिभाइरसको खरिदमा पचास प्रतिशत छुट निशुल्क पेनड्राइभ

विभिन्न किसिमका भाइरस र स्पेवेरहरुवाट आफ्नो कम्प्युटर तथा मोवाइल जोगाउनका लागी विभिन्न कम्पनीहरुले सिङ्ल युजर र मल्टि युजरमा एन्टिभाइरसहरु बजारमा ल्याएका छन् ।

क्यास्पर्र्कीले सिङ्ल युजरका लागी अरुबेलामा एकहजारमा पाईने एन्टिभाइरस पाँचसय रुपैँयामा दिइरहेको छ । उसले इन्टरनेट सेक्युरिटिमा पनि चारसय सम्मको डिस्काउन्ट दिइरहेको छ । यि दुवै एन्टिभाइरसहरु किन्दा ३२ जिविको पेनड्राइभ फ्रि मा दिइरहेको छ ।क्वीक हिल, इस्क्यान लगाएत अरु कम्पनीले पनि पचास प्रतिशत छुट दिइरहेका छन् । 


 
वाटरप्रुफ वाइफाईयुक्त एक्सन क्यामेरा

तपाई एडभेन्चर वा लामो टुरमा जानुहुन्छ  अथवा बञ्जी जम्प, स्काइ डाइभिङ जस्ता साहसिक खेलहरु तथा ट्रेकिङ, साइक्लिङमा जानुहुन्छभने तपाईको साथी बन्न सक्छ एइइ क्यामेरा ।  धेरै समयसम्म व्याट्रि टिक्ने, एचडि भिडियो, १६० डिग्री वाइड एङ्गलमा फोटो खिच्न मिल्ने र वाइफाइ लगाएतका सुविधा रहेको यो क्यामेरालाइ नेपालको एइइ नेपालले भित्र्याएको हो ।  न्युनतम १९ हजार देखि ३३ हजारसम्म यो क्यामेरा खरिद गर्न सकिन्छ ।