सेयर बजार दिनदिनै नयाँ उचाइमा, १२४० अंकमाथि पुग्यो सुचक, इन्भेष्टमेन्ट बैंकको कारोबार किन बढ्यो

बिजमाण्डू
२०७२ माघ १९ गते ००:०० | Feb 2, 2016
सेयर बजार दिनदिनै नयाँ उचाइमा, १२४० अंकमाथि पुग्यो सुचक, इन्भेष्टमेन्ट बैंकको कारोबार किन बढ्यो
काठमाडौं । सेयर बजारले फेरि पनि नयाँ उचाइ छोएको छ । बजार २.०५ अंकले उक्लिएर १२४० अंकमाथि पुगेको छ ।

Tata
GBIME
Nepal Life

मंगलबार कारोबार रकममा पनि सुधार आएको छ । दिनभरीमा १११ कम्पनीका ५६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

होटल र बिमावाहेकका सबै सुचकहरु उकालो लागेका छन् । सबैभन्दा वढी विकास बैंक उक्लिएको छ भने झर्नेमा होटल समूह छ ।

दिनभरीमा नेपाल इन्भेष्टमेन्टको संस्थापक चार करोड २४ लाख र साधारण तीन करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल एसबिआइको तीन करोड २५ लाख र ग्लोबल आइएमइको दुई करोड ४७ लाख रुपैयाँको किनबेच भएको छ ।