सिजी मोटोकर्पले वालिङमा खोल्योे आधिकारिक सेल्स सोरुम, सुजुकीको गाडी बुक गर्नेलाई छुट दिने

बिजमाण्डू
२०७२ माघ २० गते ००:०० | Feb 3, 2016
सिजी मोटोकर्पले वालिङमा खोल्योे आधिकारिक सेल्स सोरुम, सुजुकीको गाडी बुक गर्नेलाई छुट दिने
काठमाडौं । सिजी मोटोकर्पले स्याङ्जाको वालिङमा सेल्स सोरुम सञ्चालनमा ल्याएको छ । गण्डकी र धौलागीरी अञ्चलका उपभोक्तालाई सहज रुपमा सेवा सुविधा दिने उद्देश्यले यो सोरुम सञ्चालनमा ल्याएको हो । 
 
वालिङ्ग नगरपालिका वडा नं २ भकुण्डे बजारमा सो रुम स्थापना गरिएको हो । यो सुजुकीको २९ औँ सोरुम हो ।

 
उक्त सोरुमको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द राज बतास र वालिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष शोभा कान्त पौडेलले एक समारोहका बीच  संयूक्त रुपमा शुभारम्भ गरे । 
 
उक्त अवसरमा सुजुकी ब्राण्डका कुनै पनि गाडी बुक गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको जानकारी बतास अटोमोवाईल्स प्रालिका बिक्री प्रवन्धक गणेश ढकालले जानकारी दिए । 
 

Tata
GBIME
Nepal Life