राष्ट्रिय वाणिज्य बैंकको सिइओ बन्न १६ जनाले दिए आवेदन, को को छन् सिइओका आकांक्षीहरु ?

बिजमाण्डू
२०७२ माघ २० गते ००:०० | Feb 3, 2016
राष्ट्रिय वाणिज्य बैंकको सिइओ बन्न १६ जनाले दिए आवेदन, को को छन् सिइओका आकांक्षीहरु ?

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न १६ जनाले आवेदन दिएका छन्। बैंकका निवर्तमान सिइओदेखि पूर्व बैंकर र बीमा कम्पनीमा काम गरिरहेकाहरुले सिइओका लागि आवेदन दिएका हुन्।
 
पूर्ण सरकारी स्वामित्वको बैंकमा एक महिनायता सिइओ खाली छ। तत्‍कालीन सिइओ कृष्णप्रसाद शर्माको चार वर्षे कार्यकाल सकिएपछि खाली भएको पदमा उनीहरुले आवेदन दिएका हुन्।
 
वाणिज्य बैंकको सिइओ बन्न बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मा, बैंककै कामु प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थी, माछापुच्छ्रे बैंकका पूर्व सञ्चालक गोपीकृष्ण न्यौपानेसहितले आवेदन दिएका छन्। वाणिज्य बैंकका अरु तीन नायव महाप्रबन्धकले पनि सिइओका लागि आवेदन दिएका छन्।
 
यस्तै कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्य, नेपाल बैंकका पूर्व महाप्रबन्धक किरण श्रेष्ठ, नेको इन्स्योरेन्सका म्यानेजमेन्ट एडभाइजर अशोककुमार खड्का, कृषि विकास बैंकका नायव महाप्रबन्धक अनिल उपाध्यायले पनि सिइओका लागि आवेदन दिएका छन्।

Tata
GBIME
Nepal Life

सरकारले अर्थमन्त्रालयका सहसचिव कृष्ण देवकोटाको संयोजकत्वमा सिइओ छनौट समिति गठन गरेको थियो।