माइक्रोम्याक्सले ल्यायो क्यानभास पल्स ४जि इ४५१ नेपाली बजारमा, मुल्य १८ हजार तीनसय ७० रुपैयाँ

बिजमाण्डू
२०७२ माघ २० गते ००:०० | Feb 3, 2016
माइक्रोम्याक्सले ल्यायो क्यानभास पल्स ४जि इ४५१ नेपाली बजारमा, मुल्य १८ हजार तीनसय ७० रुपैयाँ

काठमाडौं। माइक्रोम्याक्सले यसको उत्पादन क्यानभास पल्स ४जी इ४५१ नेपाली बजारमा ल्याएको छ। ४ जि कनेक्टिभिटि रहेको यस मोबाइलमा एन्ड्रोइडको ५.१ ललीपपको अपरेटिङ सिस्टमबाट सञ्चालित छ।
 
माइक्रोम्याक्स भारतिय ब्राण्ड हो। स्टेट अफ द आर्ट र सस्तो मोबाइल यसका प्रमुख विशेषता हुन्। यो सेटको मूल्य १८ हजार तीनसय ७० रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ।
 
पल्स ४जिमा ५ इञ्चको एचडि आइपिएस स्क्रिन रहेको छ। यस फोनमा १.३ गिगाहर्जको अक्टा कोर प्रोसेसर रहेको कम्‍पनीले जनाएको छ।
 
यस मोबाइलमा १३ मेगापिक्सलको अटोफोकस प्राइमरी क्यामरा छ भने ५ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ। यसमा ३ जिबिको डिडिआर ३ र्‍याम र १६ जिबिको इन्टर्नल मेमोरी रहेको कम्पनीले जनाएको छ। पल्स ४ जिमा २१०० एमएएच क्षमताको ब्याट्री छ। 

Tata
GBIME
Nepal Life