बुधबार सुनको भाउ तोलाको दुईसय रुपैयाँले बढ्यो, मूल्य ५१ हजार सात सय रुपैयाँ, चाँदीको भाउ स्थिर

बिजमाण्डू
२०७२ माघ २० गते ००:०० | Feb 3, 2016
बुधबार सुनको भाउ तोलाको दुईसय रुपैयाँले बढ्यो, मूल्य ५१ हजार सात सय रुपैयाँ, चाँदीको भाउ स्थिर

काठमाडौं । सुनको भाउ उकालो लागेको छ। मंगलबार तोलाको तीन सय रुपैयाँले बढेको सुनको भाउ बुधबार फेरि दुईसय रुपैयाँले महंगो भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ५१ हजार सातसय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको भाउ तोलाको ५१ हजार पाँचसय रुपैयाँ पुगेको थियो।

सुनको भाउ बढेपनि चाँदीको भाउ स्थिर छ। महासंघका अनुसार बुधबार चाँदी तोलाको ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।