ललितपुरको पुल्चोकमा केटिएम मोटरसाइकलको शोरुम खुल्यो, उत्कृष्ट सेवा दिने कम्पनीको प्रतिबद्धता

बिजमाण्डू
२०७२ माघ २० गते ००:०० | Feb 3, 2016
ललितपुरको पुल्चोकमा केटिएम मोटरसाइकलको शोरुम खुल्यो, उत्कृष्ट सेवा दिने कम्पनीको प्रतिबद्धता
काठमाडौं । युरोपियन रेसिङको लागि प्रख्यात बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्दले पुल्चोक ललितपुरमा आफ्नो विशेष शोरुम सञ्चालनमा ल्याएको छ भने । कम्पनीले जावलाखेलमा विशेष दोस्रो सर्भिस सेन्टर पनि सञ्चालन गरेको छ । नयाँ शोरुमबाट ग्राहकले केटिएम बाइकका विविध आकर्षक बाइकका साथै केटिएम पावर वेयर सामान पनि खरीद गर्न सक्नेछन् । 


 
यस शोरुमबाट ललितपुरका रेसिङ बाइकका शौखिनलाई केटिएमका चार मोडल उपलब्ध हुने कम्पनीले जनाएको छ । यो शोरुमबाट आरसी ३९० र ३९० ड्युक रेसिङ बाइक तथा  स्पोर्टी २०० ड्युक र आरसी २०० मध्ये ग्राहकले कुनै एकलाई रोजेर रेसिङ बाइकको अनुभव संगाल्न सक्ने कम्पनीले जानकारी दिएको छ । 
 
यी बाइकमध्ये ३९० ड्युकको मूल्य ६ लाख ७५ हजार, आरसी ३९० को मूल्य पाँचलाख ९९ हजार, आरसी २०० को पाँचलाख २० हजार र ड्युक २०० को मूल्य चारलाख ३५ हजार कायम गरिएको कम्पनीले जानकारी दिएको छ । यस्तै कावासाकी निन्जा बाइकको मूल्य नौलाख ९९ हजार तोकिएको छ । 

Tata
GBIME
Nepal Life