१५ बर्षपछि ग्राण्ड बैंकको औपचारिक विलय, प्रभु बैंकसँग गाभिएपछि २९ गतेबाट एकिकृत कारोबार

बिजमाण्डू
२०७२ माघ २१ गते ००:०० | Feb 4, 2016
१५ बर्षपछि ग्राण्ड बैंकको औपचारिक विलय, प्रभु बैंकसँग गाभिएपछि २९ गतेबाट एकिकृत कारोबार
काठमाडौं । माघ २९ गतेबाट ग्रान्ड बैंक नेपाल प्रभु बैंकमा विलय हुने भएको छ । भर्खरै राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको प्रभुसँग ग्रान्ड बैंक विलय भएर २९ गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएको छ ।

Tata
GBIME
Nepal Life

प्रभुसँग बैंक मिसिएपछि बाणिज्य बैंकहरुको संख्या २९ मा झर्ने छ । सुरुमा ग्रान्डलाई प्रभुले एक्विजिसन गर्ने प्रकृया अगाडि वढाएको थियो, त्यसका लागि राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति नै दिइसकेको थियो । पछि राष्ट्र बैंकले नै मर्जर प्रकृयाबाट अगाडि वढ्न निर्देशन दिएपछि प्रकृया लम्बिएको थियो ।

मर्जरमा ग्रान्ड बैंकको सेयरलाई प्रति कित्ता ६५.५८ रुपैयाँ कायम गरिएको छ । प्रभु बैंकको एउटा सेयरको मूल्य १२१.४५ रुपैयाँ कायम गरिएको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी पाँच अर्ब ८८ करोड १४ लाख रुपैयाँ पुग्ने छ ।

१५ बर्षअघि विकास बैंकका रुपमा खुलेको डेभलपमेन्ट बैंक क्रेडिट लिमिटेड बाणिज्य बैंकमा स्तरोन्नती गरेर डिसिबिएल बैंक भएको थियो । बैंकको साधारणसभाले पछि डिसिबिएलको नाम ग्रान्ड बनाएको हो ।