लिवर्टी हाइड्रोको २५ प्रतिशत सेयर सर्वसाधारणमा आउने, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ मा लगानी

बिजमाण्डू
२०७२ माघ २१ गते ००:०० | Feb 4, 2016

Tata
GBIME
Nepal Life

काठमाडौं । लिबर्टी इनर्जी हाइड्रोपावरले सर्वसाधारणमा २५ प्रतिशत सेयर जारी गर्ने भएको छ । छैठौं साधारणसभाले कम्पनीलाई पब्लिक लिमिटेड बनाउँदै सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ छ । यसको २५ प्रतिशत अर्थात २७ करोड ५० लाख रुपैयाँको सेयर सार्वसाधारणमा जारी गर्ने निर्णय भएको हो ।

कम्पनीले सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावितलाई वितरण गर्ने जनाएको छ । बाँकी १५ प्रतिशतमा मात्र आमसर्वसाधारणमा वितरण हुने छ । अर्थात आम सर्वसाधारणले १६ करोड ५० लाखको सेयर पाउने छन् ।

कम्पनीले लमजुङमा २५ मेगावाटको माथिल्लो दोर्दी ए आयोजना निर्माण गर्दैछ । २०६६ सालमा स्थापना भएको कम्पनीको सञ्चालक समिति अध्यक्षमा कुशकुमार जोशी छन् । अन्य सञ्चालकमा आत्माराम घिमिरे, विश्वनाथ कडेल, राजेन्द्र वस्ती र रामवहादुर पाण्डे छन् । घिमिरे प्रबन्ध सञ्चालक पनि हुन् ।