एकता विकासको शाखा विरेन्द्रनगरमा पनि, चैतभित्र सिद्धार्थ डेभलपमेन्टसँग गाभिएर एकिकृत कारोबार

बिजमाण्डू
२०७२ माघ २१ गते ००:०० | Feb 4, 2016
काठमाडौं । एकता विकास बैंकले सुर्खेतको विरेन्द्रनगरमा शाखा सञ्चालनमा ल्याएको छ । वुटवलमा केन्द्रीय कार्यालय रहेको एकता १० जिल्ला कार्यक्षेत्र भएको विकास बैंक हो ।

Tata
GBIME
Nepal Life

शाखाको उद्घाटन मध्यपश्चिमाञ्चल क्षेत्रिय उद्योग वाणिज्य संघका अध्यक्ष पदमवहादुर शाही र सुर्खेत उद्योेग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले संयुक्त रुपमा गरेका थिए । स्थापना हुँदा तीन जिल्ला कार्यक्षेत्र भएको बैंकले १० जिल्ले अनुमति पाइसकेको छ ।

बैंकले फागुनभित्र सल्यानको श्रीनगर र थारमारेमा शाखा विस्तार गर्ने लक्ष्य लिएको छ । बैंकको अहिले २२ करोड ७७ लाख रुपैयाँ छ ।

बैंकले सिद्धार्थ डेभलपमेण्ट बैंक र नेपाल आवास फाइनान्ससँगै मर्ज हुन सम्झौता गरिसकेको छ । चैतभित्र संयुक्त कारोबार गर्ने बैंकको लक्ष्य छ । मर्जरपछि पुँजी एक अर्व १४ करोड ४४ लाख रुपैयाँ पुग्ने छ ।