पेट्रोलियम पदार्थको कालाेबजारी रोक्न माग गर्दै विद्यार्थीको प्रदर्शन, शक्तिको दुरुपयोग नगर

बिजमाण्डू
२०७२ माघ २१ गते ००:०० | Feb 4, 2016
पेट्रोलियम पदार्थको कालाेबजारी रोक्न माग गर्दै विद्यार्थीको प्रदर्शन, शक्तिको दुरुपयोग नगर

काठमाडौं । पेट्रोलियम पदार्थको सहज आपुर्ति र कालोबजारी अन्त्यको माग गर्दै विभिन्न विद्यार्थी संघठन अखिल क्रान्तिकारीले नेपाल आयल निगममा धर्ना दिएको छ।

Tata
GBIME
Nepal Life

निगमको बबरमहलस्थित केन्द्रीय कार्यालयमा सत्तारुढ एमाओवादी, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा-माओवादीका विद्यार्थी संगठनहरुले धर्ना दिएका हुन्।

अन्तरराष्ट्रिय बजारमुल्य अनुरुप पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्न उनीहरुले माग गरेका छन्। शक्ति र पहुँचको दुरुपयोग गरी तोकको आधारमा नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ वितरण गर्ने अवस्थाको अन्तय गर्न उनीहरुले माग गरे।

पेट्रोलियम इन्धनको उत्पादन, आफूर्ति र भण्डारणको दीर्घकालीन रणनीति बनाउन पनि उनीहरुले माग गरेका छन्।