बजारले १२५० अंक पार गर्यो, कारोबार रकममा पनि छलाङ, दिनभरीमा ७१ करोडको सेयर किनबेच

बिजमाण्डू
२०७२ माघ २१ गते ००:०० | Feb 4, 2016
बजारले १२५० अंक पार गर्यो, कारोबार रकममा पनि छलाङ, दिनभरीमा ७१ करोडको सेयर किनबेच

Tata
GBIME
Nepal Life

काठमाडौं । सेयर बजारले १२५० अंकको बिन्दुलाई पार गरेको छ । ७० करोड ९१ लाख रुपैयाँको कारोबारसहित नेप्से ९.२९ अंकले बढेको छ । बजारका अधिकांस उपसुचकहरु उक्लिँदा नेप्से १२५१.४२ अंकमा पुगेको हो ।

दिनभरीमा १२४ कम्पनीका ११ लाख ४० हजार कित्ता सेयर किनबेच भएका छन् । फाइनान्स सुचक सामान्य घटेपछि बाँकी सबै उपसुचकहरु हरियो भएका छन् । बैंकिङ ४.८३, होटल ४.२५, विकास बैंक २३.७१, जलविद्युत् ४१.४१, बिमा ३८.७६, उत्पादनमूलक २७.५ र अन्य ७ अंकले बढेको छ ।

बजारमा सबैभन्दा ठूलो कारोबार नेको इन्स्योरेन्सको भएको छ । कम्पनीले चुक्ता पुँजी एक अर्ब पुर्याउने समाचार सार्वजनिक भएपछि कारोबार रकम बढेको हो । कम्पनीको पाँच करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

साताको अन्तिम कारोबार दिन बजारमा नेपाल लाइफको तीन करोड ५९ लाख, नेपाल एसबिआइ दुई करोड ५२ लाख, नागरिक लगानी कोष दुई करोड १७ लाख, साना किसान दुई करोड आठ लाख, ग्लोबल आइएमइ एक करोड ८७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज पनि नौं वटा कम्पनीले १० प्रतिशतको हाराहारीमा सम्पति बढाएका छन् । धेरै गुमाउनमा भने कालिका माइक्रो क्रेडिट छ ।