मिडिया, सूचना प्रविधि, पर्यटन क्षेत्रमा लगानी गर्न सिरोहियाले खोले एमएण्डएस होल्डिङ कम्पनी

बिजमाण्डू
२०७२ माघ २१ गते ००:०० | Feb 4, 2016
मिडिया, सूचना प्रविधि, पर्यटन क्षेत्रमा लगानी गर्न सिरोहियाले खोले एमएण्डएस होल्डिङ कम्पनी

काठमाडै। न्यू मिडिया, उद्यमशीलता प्रवर्द्धन, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानी गर्ने लक्ष्यका साथ एमएण्डएस होल्डिङ कम्पनीको सुरुवात भएको छ। एमएण्डएस चारवटा कम्पनी मुभर्स एण्ड सेकर्स मिडिया प्रालि, नेक्स्ट भेन्चर कर्प प्रालि, वोर्कसप्रो प्रालि र मुभर्स एण्ड सेकर्स इभेन्टस् प्रालि मिलेर बेनेको हो ।
 

Tata
GBIME
Nepal Life

कम्पनीले म्यागजिन बारेका आम मानिसहरुको परम्परागत धारणालाई बदल्ने प्रयासस्वरुप साप्ताहिक भिडियो भिम्याग म्यागजिन प्रकाशित गर्न लागेको पनि जनाएको छ। प्रेरणादायी कथा, फेसन, जीवनशैली, प्रविधि, अर्थ गतिविधि, कर्पोरेट र पर्यटनका क्षेत्रमा यस म्यागजिनले काम गर्ने जनाइएको छ ।
 
नेक्स्ट भेन्चर कर्प प्रालिले नयाँ प्रयोग र नवीन विचार राख्ने उद्यमी व्यवसायीहरुलाई परामर्श र विश्वमा स्थापित मान्यताहरुको माध्यमबाट अर्को उचाइमा पुर्‍याउन प्लेटफर्म दिनेकाम गर्ने बताएको छ । उसले नयाँ उद्यमीलाई तालिमको दिने र उद्योग खोल्न प्रारम्भिक लागानी पनि दिने जनाएको छ ।
 

यस्तै वर्कस्प्रो प्रालिले सूचना प्रविधिको क्षेत्रमा अनुसन्धान र विकासमा काम गर्ने जनाएको छ । क्लाउड सफ्टवेयर्स, मोवाइल टेक्नोलोजी र आर्टिफिसियल इन्टेलिजेन्सलगायत नयाँ प्रविधिमा अनुसन्धान र विकस गर्ने जनाएको छ ।
 
अर्को कम्पनी एमएण्डएस इभेन्टस् प्रालिले नेपालको साहसिक पर्यटन र पर्यटन सम्बन्धित गतिविधिलाई कर्पोरेट  कल्चरमार्फत अगाडि बढाउने काम गर्ने जनाएको छ । यसैगरी नेपालका पर्यटकीय गन्तव्यलाई ट्रेजर नेपालका रुपमा अगाडि सार्दै लैजाने जनाएको छ ।
 
नेपालका युवापुस्तालाई विश्वमा भइरहेको ट्रेन्ड, विभिन्न क्षेत्रमा भइरहेको परिवर्तनसंग परिचित गराउँदै विश्वमा नेपाललाई विविध क्षेत्रको गन्तव्यका रुपमा लैजाने एमएण्डएस होल्डिङ्का ग्रुप सिइओ सम्भव शिरोहियाले जानकारी दिए ।