बाह्रौं वार्षिकोत्सवको अवसरमा टेलिकमले गर्‍यो प्रभातफेरी, शुक्रबार सबै कार्यालय बन्द हुने

बिजमाण्डू
२०७२ माघ २१ गते ००:०० | Feb 4, 2016
बाह्रौं वार्षिकोत्सवको अवसरमा टेलिकमले गर्‍यो प्रभातफेरी, शुक्रबार सबै कार्यालय बन्द हुने

काठमाडौं। नेपाल टेलिकमले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा कम्पनीका सेवाको प्रचारप्रसार तथा व्यापार प्रबर्द्धन गर्ने उद्देश्यले राजधानीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ।

Tata
GBIME
Nepal Life

प्रभातफेरी कार्यक्रम बसन्तपुरबाट सुरु भइ न्यूरोड, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै कम्पनीको केन्द्रीय कार्यालय पुगेर समापन भएको थियो।
 
टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सम्पूर्ण टेलिकमकर्मीहरुमा भएको उत्साहलाई ग्राहक सेवामासमेत प्रयोग गर्ने बताए।
 
टेलिकमले सो अवसरमा कम्पनीका रिचार्ज कार्ड र SIM/RIUM कार्ड तथा MPOS लगायतका विभिन्न सेवाका थोक बिक्रेतालाई सम्मान पनि गरेको छ। वार्षिकोत्सको अवसरमा शुक्रबार टेलिकमका सबै कार्यालय बन्द हुनेछन्।