सरकारले बेच्ने खाद्यान्न व्यापारीको भन्दा किलोमा दश रुपैयाँ सस्तो, घर/ घरमा घुम्ती सेवा

बिजमाण्डू
२०७२ माघ २२ गते ००:०० | Feb 5, 2016
सरकारले बेच्ने खाद्यान्न व्यापारीको भन्दा किलोमा दश रुपैयाँ सस्तो, घर/ घरमा घुम्ती सेवा

Tata
GBIME
Nepal Life

पवन तिमिल्सिना/बिजमाण्डू
काठमाडौं। मुलुकमा भारतीय नाकाबन्दीले इन्धन अभावमा जनता महंगोमा सामान किन्न बाध्य छन् । महँगो मूल्यमा खाद्यान्न किनेका उपभोत्तालार्इ राहत दिन खाद्य संस्थानले घुम्ती सेवा सुरु गरेको छ ।

संस्थानले टोल/ टोलमा पुगेर खाद्यान्न विक्री गर्न थालेको छ । संस्थानसँग भएको खाद्यान्न सहुलियत मूल्यमा उपभोत्ताले पाउनेछन् । संस्थानले विक्री गर्ने खाद्यान्न व्यापारीको भन्दा एक किलोमा दश रुपैयाँसम्म सस्तो छ । संस्थानले गत साताको सोमबारदेखि ट्रकमार्फत खाद्यान्न वितरण सुरु गरेको हो।

सहुलियत मूल्यमा उपभोत्तालार्इ खाद्यान्न उपलब्ध गराउन घुम्तीसेवा सुरु गरेको संस्थानका बिक्री विभाग प्रमुख श्रीमणीराज खनालले बताए। संस्थानले यो सुविधा एक महिनाको लागी परीक्षणका रुपमा ल्याएको उनले बताए। 'हाल यो घुम्ती सेवा एक महिनाका लागि परीक्षणको रुपमा ल्याइएको हो',खनालले भने, 'सफल भयो भने यसलाई निरन्तरता दिइनेछ।'

विगतमा पनि संस्थानले चाडपर्वको अवसर पारेर विभिन्न बिक्री केन्द्र सञ्चालन गर्दै आएपनि यो घुम्तीसेवाले उपभोक्तालाई होमडेलिभरी सेवा प्रदान गरेर अझ प्रभावकारी बनेको खनालले बताए। उनले भने,'यसले जनतालाई अभावमा पनि राहत दिलाएको छ ।'

एक हप्ता अगाडी सञ्चालन भएको घुम्ती सेवा सफल देखिएको संस्थान, अञ्चल कार्यालयकी अधिकृत रत्ना हमालले बताइन्। उनले भनिन्,' दिनको १० क्विन्टलसम्म खाद्यान्न बिक्री भएका छन्।'

हमालका अनुसार संस्थानले यो सेवा बिस्तार गर्नका लागी अन्य संस्थानसँग समन्वयको प्रयास गरिरहेको छ। आगामी दिनमा दुग्ध संस्थानबाट समन्वयन गरि घिउ तथा साल्ट ट्रेडिङबाट चिनी र नुन उपलब्ध गराउने तयारीमा रहेको उनले बताइन्।   

संस्थानले तीनवटा ट्रकमार्फत उपत्यकाका ६ वटा रुटहरुमा खाद्यान्न वितरण गर्छ । यसले वितरण गर्ने खाद्यान्नहरुमा चामल, गेडागुडी, फापर र गँहु पर्छन् । संस्थानका अनुसार वितरण भएका चामलको भाउ प्रति किलो मकवानपुर चामलको मुल्य ४१ रुपैयाँ, अरुवा मध्यम चामलको ४३ रुपैयाँ, सोना मन्सुलीको ५४ रुपैयाँ, गोरखनाथको ५२ रुपैयाँ, जीरा मसिनोको ५८ रुपैयाँ र वास्मती चामलको ९९ रुपैयाँ रहेका छन्। त्यस्तै कर्णाली गेडागुडीको मुल्य प्रति किलो एक सय ५० रुपैयाँ छ भने तिते फापरको मुल्य एक सय दस रुपैयाँ रहेको छ।

घुम्ती सेवा पसल सञ्चालनको कार्यक्रम तालिका

क्र.सं. गाडी नं. (ट्रक) आइतबार सोमबार मंगलबार बुधबार विहिबार शुक्रबार
बा १ घ ३१६ रुट नं १ रुट नं २ रुट नं ३ रुट नं ४ रुट नं ५ रुट नं ६
बा १ घ ५३७ रुट नं २ रुट नं ३ रुट नं ४ रुट नं ५ रुट नं ६ रुट नं १
बा १ घ ५७६ रुट नं ३ रुट नं ४ रुट नं ५ रुट नं ६ रुट नं १ रुट नं २
 
संस्थानले खाद्यान्न वितरण गर्ने ६ वटा रुटहरु छन्। रुट नम्बर १ मा शान्तिनगर, एयरपोर्ट, गैह्रिगाऊँ, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, ठिमी, सल्लाघारी, सुर्यविनायक, जगाती र आसपासका एरिया पर्छन्। रुट नम्बर २ मा नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, मित्रपार्क, गुह्येश्वरी, जोरपाटी, दक्षिणढोका, फर्कदा जोरपाटी, बौद्ध, महाँकाल,  चावहिल, सिफल, ज्ञानेश्वर एरिया पर्छन् ।

रुट नम्बर ३ मा कलंकी, स्युचाटार, सितापाइला, स्वयम्भु, वनस्थली, बालाजु बाइपास, नेपालटार, बानियाँटार, ग्रीनल्याण्ड, टोखा, झोर र फिर्ता हुँदा सामाखुशी चोक, रानीबारी चौकी, बसुन्धरा, महाराजगंज एरिया पर्छन्। रुट नम्बर ४ मा कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, हरिसिद्धि र फर्किदा ग्वार्को, बालकुमारी, इमाडोल, टिकाथली, लोकन्थलीबाट फर्की जडिकुटी र पेप्सीकोला एरिया पर्छन् ।

रुट नम्बर ५ मा कालीमाटी, बल्खु, किर्तिपुर र आसपासका एरिया पर्छन्। त्यस्तै रुट नम्बर ६ मा लैनचौर, लाजिम्पाट, महाराजगंज, बाँसबारी, हात्तीगौंडा, गणेशचोक, चपली, खड्का भद्रकाली र बुढानिलकण्ठ एरिया पर्छन्।

रुटअनुसारका एरियाहरुमा सञ्चालन हुने बारको तालिका

क्र.सं. घुम्ती सेवापसल सञ्चालन हुने रुटहरु घुम्ती सेवा सञ्चालन हुने दिनहरु जम्मा दिन (हप्तामा)
रुट नम्बर १ आइतबार, विहिबार र शुक्रबार ३ दिन
रुट नम्बर २ आइतबार, सोमबार र शुक्रबार ३ दिन
रुट नम्बर ३ आइतबार, सोमबार र मंगलबार ३ दिन
रुट नम्बर ४ सोमबार, मंगलबार र बुधबार ३ दिन
रुट नम्बर ५ मंगलबार, बुधबार र विहिबार ३ दिन
रुट नम्बर ६ बुधबार, विहिबार र शुक्रबार ३ दिन