बैंक अफ काठमाडौंले ६ महिनामा कमायो ३२ करोड ९१ लाख रुपैयाँ, गत वर्षको भन्दा १६ लाखले नाफा घट्यो

बिजमाण्डू
२०७२ माघ २२ गते ००:०० | Feb 5, 2016
बैंक अफ काठमाडौंले ६ महिनामा कमायो ३२ करोड ९१ लाख रुपैयाँ, गत वर्षको भन्दा १६ लाखले नाफा घट्यो

काठमाडौ। बैंक अफ काठमाडौंले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा ३२ करोढ ९१ लाख रुपैयाँ खुद नाफा गरेको छ। बैंकको यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १६ लाख रुपैयाँले कम हो। बैंकले गत वर्षको पुस मसान्तसम्मा ३३ करोड सातलाख रुपैयाँ नाफा कमाएको थियो।
 
बैंकको खुद ब्याज आम्दानी केही घटेको छ। बैंकले गत वर्षको यो अवधिमा ७० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो वर्ष बैंकको खुद ब्याज आम्दानी ६९ करोड ७१ लाख रुपैयाँ रहेको छ।
 
बैंकले यो अवधिमा ४१ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको चुक्ता पुँजी दुईअर्ब ६७ करोड रुपैयाँ रहेको छ।
 
बैंक अफ काठमाडौंको यो अवधिमा खराब कर्जा अनुपात ३.३९ प्रतिशत रहेको छ। गत वर्ष १.१२ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यो वर्ष केही बढेको छ।

Tata
GBIME
Nepal Life