वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमको छुटै छुट योजना, जति डेटा किन्यो सोहि बराबर डेटा पाइने

बिजमाण्डू
२०७२ माघ २२ गते ००:०० | Feb 5, 2016
वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमको छुटै छुट योजना, जति डेटा किन्यो सोहि बराबर डेटा पाइने

काठमाडौं। नेपाल टेलिकमले १२ औं स्थापना दिवसको अवसरमा सेवाग्राहीलाई छुटको व्यवस्था गरेको छ। माघ २२ देखि २४ गनेसम्म लागु हुनेगरी टेलिकमको हरेक रिचार्ज कार्ड र एमपिओएस रिचार्ज प्रणालीमा १२ प्रतिशत बोनस दिने भएको हो ।

Tata
GBIME
Nepal Life

त्यस्तै शुक्रबारदेखि एकहप्तासम्म लागु हुने गरि जिएसएम, सिडिएमएको प्रिपेड/पोस्पेड सेवाका ग्राहकले डेटा प्याकेजको भोल्युम किनेजति नै बोनस दिने भएको हो।

जिएसएम प्रिपेड/पोस्पेड सेवाका ग्राहकहरुले हाल उपलव्ध डेटा प्याकेज खरिद नगरी डेटा प्रयोग गरे बापत लाग्ने विद्यमान महशुल दर एक रुपैयाँप्रति एमबीमा १२ प्रतिशत छुट दिई एक हप्तासम्म ८८ पैसा प्रति एमबी डेटा खरिद गर्न सकिने जनाएको छ ।

त्यस्तै एसएमएस मा पनि एक हप्ताको लागी जीएसएम र सीडीएमए ९प्रिपेडरपोस्टपेड० सेवामा १० रुपैयाँको एसएमएस प्याकेजमा २० वटा एसएमएस पठाउन सकिनेछ।

टेलिकमको इन्टरनेट तथा ल्याण्डलाइन सेवामा पनि छुटको व्यवस्था
टेलिकमले फाइवर टु द होम सेवामा चैत अन्तिमसम्म लागु हुने गरी प्रमोसनल अफर ल्याएको छ । एक महिनाको लागि १० एमविपिएसको गतिमा ४० जिबी डेटा खरिद गर्ने ग्राहकलाई १८ सय रुपैयाँमा थप तीन जिबी डेटा दिने व्यवस्था गरेको छ। सोहि अनुसार १२ महिनाको लागि एकसय एमविपिएसको गतिमा चारसय ८० जिबी डेटा खरिद गर्ने ग्राहकलाई २३ हजार ४० मा थप १२ जिबीको डेटा  दिने भएको हो।

त्यस्तै वाइम्याक्सको इन्टरनेट चलाउने ग्राहकले पनि टेलिकमले तय गरेको मूल्यमा तीन जिबीदेखि १२ जिबीसम्मको थप डेटा पाउनेछन्।

एडिएसएल भोल्युमवोस्ड ग्राहकहरुले एक हप्ताका लागि थप समयावधि पाउने टेलिकमले जनाएको छ। त्यस्तै एडिएसएल अनलिमिटेड ग्राहकहरुले आफूले खरिद गरेको प्याकेज बमोजिम चार दिनदेखि ४८ दिनसम्म बोनस अवधि थप पाउनेछन्।