पूर्वाधार विकास कम्पनीमा भएको घटनाप्रति महासंघको ध्यानाकर्षण, आयोजना बन्नुपर्नेमा जोड

बिजमाण्डू
२०७२ माघ २२ गते ००:०० | Feb 5, 2016
पूर्वाधार विकास कम्पनीमा भएको घटनाप्रति महासंघको ध्यानाकर्षण, आयोजना बन्नुपर्नेमा जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल पूर्वाधार विकास कम्पनीमाथि भएका दबाबमूलक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Tata
GBIME
Nepal Life

विज्ञप्ती निकालेर महासंघले कम्पनीको कर्पोरेट अफिसको कार्य सञ्चालनमा बाधा पुर्‍याउने, कर्मचारीलाई अभद्र व्यवहार गर्ने, जबरजस्ती कार्यालय बन्द गराउने तथा सञ्चालक समितिका अध्यक्षलाईसमेत जबरजस्ती राजीनामा दिन बाध्य पारिएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

 
सार्वजनिक निजी साझेदारीको मोडलमा पहिलो पटक निजी क्षेत्रले काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माण गर्ने भनि अगाडी बढाएको यो प्रोजेक्ट मुलुककै लागि नमूना परियोजना भएको महासंघको ठहर छ । महासंघले यस्ता आयोजना कुनै पनि बहानामा रोकिन नहुनेमा समेत जोड दिएको छ । 
 
अहिले देखिएका समस्या वार्ताबाट समाधान गर्न आग्रह गर्दै महासंघले पूर्वाधार विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गरी काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रहसमेत गरेको छ ।