नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा महेश गुरागाईं नियुक्त, चार वर्षका लागि कार्यभार सम्हाल्दै

बिजमाण्डू
२०७२ माघ २३ गते ००:०० | Feb 6, 2016
नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा महेश गुरागाईं नियुक्त, चार वर्षका लागि कार्यभार सम्हाल्दै

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा महेश गुरागाईं नियुक्त भएका छन्। तत्कालनी अध्यक्ष शोभाकान्त पौडेलले राजिनामा दिएपछि अर्थमन्त्रालयले गुरागाईंलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको हो। गुरागाईंले आइतबारबाट काम थाल्नेछन्।
 
सार्वजनिक वित्त व्यवस्थापनका विज्ञ गुरागाईं पेशाले चार्टर्ड एकाउण्टेन्ट पनि हुन्। उनले सरकारी तथा गैह्रसरकारी गरी एक दर्जन भन्दा धेरै संस्थामा विभिन्न पदमा रहेर जिम्मेवारी बहन गरिसकेका छन्। गत आइतबार पौडेलले पुनर्बीमा कम्पनीको अध्यक्षबाट राजिनामा दिएका थिए।
 
गुरागाईंले सन् २०१२ मा त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक नीति विषयमा स्नातकोत्तर गरेका छन्। उनले भारतबाट सन् १९९८ बाट सिए पास गरेका थिए भने १९९४ मा त्रिभुवन विश्वविद्यालयबाट नै बिकम पास गरेका छन्।
 
उनी इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान), इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट (आइसिएआई), एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स तथा पब्लिक एड्मिनिस्ट्रेसन एसोसिएसन अफ नेपालका सदस्य पनि हुन्। एमजिएस एण्ड एसोसिएट्सका उनी सहलगानीकर्ता हुन्। उनी २०१४ सम्म आइक्यानका अध्यक्ष थिए।
 
गुरागाईं तीन वर्षअघिसम्म धितोपत्र बोर्डका सञ्चालक समिति सदस्य थिए। यस्तै उनी सरकारको एकाउण्टेन्ट स्टाण्डर्ड बोर्डका पनि सदस्य भएका थिए। उनले सरकारका अन्य निकाय तथा विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा विज्ञका रुपमा काम गरिसकेका छन्।
 
पुनर्बीमा कोषको अध्यक्ष कार्यकारी भूमिकामा भने हुँदैनन्। कोषमा सिइओसहितका पदाधिकारी हुने व्यवस्था छ। अहिले कोषको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ रहेको छ।

Tata
GBIME
Nepal Life