काठमाडौं । एनएमबी बैंकको साधारणसभाले आठ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । बैंकको २० औं साधारणसभाले कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत पारित गरेको छ ।
.jpg)
बैंकले मर्ज भएका अन्य बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक वर्ष २०७१÷७२ को नाफालाई सञ्चित गरि राखिएकोसमेत जानकारी साधारणसभालाई गराएको छ ।
साधारणसभाबाट पवनकुमार गोल्याणको अध्यक्षताको निरन्तरता दिँदै निर्विरोध नयाँ सञ्चालक समितिको चयन गरेको छ । संस्थापक सेयरधनीको तर्फबाट पवनकुमार गोल्याण, मनोजकुमार गोयल, रोमणीप्रसाद पाठक, कर्मचारीे संचयकोष र एफएमओ नेदरल्याण्डस र सर्वसाधारण शेयरधनीका तर्फबाट कमलेशकुमार अग्रवाल, हरिश्चन्द्र सुवेदी, हरिबाबु न्यौपाने सञ्चालक चयन भएका छन् ।

गत पुसको अन्त्यसम्ममा बैंकको ५२ अर्ब ४८ करोड निक्षेप संकलन गरी ४४ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले हाल ६९ वटा शाखा, सात एक्स्टेन्सन काउन्टर तथा ४४ वटा एटिएममार्फत वित्तीय कारोबार गर्दै आएको छ ।











