लघुवित्त बैंकको चुक्ता पुँजी केही दिनमै बढ्छः डा. नेपाल, गभर्नरले दिए तरलता कम हुने दुई कारण



बिजमाण्डू
२०७२ फागुन १६ गते ००:०० | Feb 28, 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले लघुवित्त विकास बैंकहरुको चुक्ता पुँजी चाँडै बृद्धि गर्ने बताएका छन् ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक बर्षको मौद्रिक नीति समिक्षा गर्दै गभर्नर नेपालले केही समयभित्रै चुक्ता पुँजी बढाउने जानकारी दिएका हुन् ।

‘लघुवित्तको पुँजी अब बढ्छ,’ उनले भने, ‘केही समयपछि तपाईहरुको माझमा आउँछ ।’

गभर्नर नेपालले अब तरलता हराउँदै जाने बताए । उनले तरलता व्यवस्थापन गर्न दीर्घकालिन मौद्रिक औजार नल्याउनुको कारण दिँदै भने– यो मध्यकालिन तरलताको अवस्था हो ।

उनले तरलता व्यवस्थापनका लागि आवश्यक औजारहरु प्रयोग भइरहेको जानकारी दिँदै अब बजारमा ४० अर्ब रुपैयाँ मात्र अधिक तरलता रहेको बताए । गभर्नरले अब सरकारले ८८ अर्बको आन्तरिक ऋण उठाउन लागेकाले पनि तरलता व्यवस्थापन हुने बताए ।

‘अब विकास निर्माणको काम सुरु हुन्छ, सरकारले पनि ऋण उठाउँछ,’ उनले भने, ‘तरलता अब सामान्य अवस्थामा फर्किने मेरो अपेक्षा छ ।’

गभर्नरले बजारमा भारतीय मुद्राको अभाव कृतिम भएको बताए । उनले नाकाबन्दी खुलिसकेका कारण भारु पनि सहज हुने जानकारी दिए ।