यामाहा मोटरसाइकलको नयाँ डिलर दाङको तुलसीपुरमा खुल्यो, फाइनान्ससहितको सुविधा उपलब्ध हुने

बिजमाण्डू
२०७२ फागुन २७ गते ००:०० | Mar 10, 2016
यामाहा मोटरसाइकलको नयाँ डिलर दाङको तुलसीपुरमा खुल्यो, फाइनान्ससहितको सुविधा उपलब्ध हुने
काठमाडौं । यामाहा मोटरसाइकलको आधिकारीक बिक्रेता एमएडब्लयु इन्टरप्राइजेजले दाङको तुलसीपुरमा नयाँ डिलर सुरुवात गरेका छ । ड्रिमल्याण्ड ट्रेडर्स प्रालिले एमएडब्लुको नयाँ डिलरको रुपमा काम थालेको हो । 


 
राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष तथा राष्ट्रिय यातायात महासंघका केन्द्रीय उपाध्यक्ष सुरेश हमाल र कलाकार कमल गाउँलेले शोरुमको सुरुवात गरे । एस यामाहा अभियान अन्तर्गत नै सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध गराउने डिलरको रुपमा यो डिलर खुलेको हो । 
 
यामाहा शोरुमले मोटरसाइकल तथा स्कुटर खरिद गर्न आउने ग्राहकको सुविधालाई ध्यानमा राखेर शोरुमभित्रै फाइनान्स कम्पनीसँगको सहकार्यमा न्यून ब्याजदर र सरल किस्तामा तत्काल बाइक तथा स्कुटर खरिद गर्न फाइनान्सको सुविधा उपलब्ध गराएको छ । 

Tata
GBIME
Nepal Life