यी आठ क्षेत्र जसमा तपाईले आफ्नो करिअर अझै उज्वल बनाउन सक्नुहुन्छ, कतिसम्म पाइन्छ तलब ?

बिजमाण्डू
२०७२ फागुन २७ गते ००:०० | Mar 10, 2016
यी आठ क्षेत्र जसमा तपाईले आफ्नो करिअर अझै उज्वल बनाउन सक्नुहुन्छ, कतिसम्म पाइन्छ तलब ?


काठमाडौं। विभिन्न अनुसन्धानबाट भारतमा सबैभन्दा धेरै तलब पाउने रोजगारीको लिस्ट सार्वजनिक भएको छ। विभिन्न शोध र प्रश्नोत्तरबाट यी क्षेत्रलाई उच्च तहको रोजगारीको क्षेत्र मानिएको छ जसमा राम्रो तलब हुन्छ भने सोसल स्टाटस पनि राम्रो हुन्छ।
 

Tata
GBIME
Nepal Life

१. व्यापार विश्लेशक
 भारतमा व्यापार विश्लेशक रोजगारीका लागि पर्यायबाची नै बनेको छ। निरन्तर बढिरहेको नयाँ विजनेस र प्रतिस्पर्धाले उदाउँदै गरेको भारतको अर्थतन्त्रमा यसले पहिलो स्थान ओगटेको छ। हरेक कामका लगि तार्किक  जवाफ दिन सक्ने कर्मचारीहरु यो कामका लगि छनौट हुन सक्छन्। राम्रो विश्लेशक हुनका लागि प्राइमरी म्याथप्याटिकल कन्सेप्ट र प्रविधिको राम्रो ज्ञान भएको हुनुपर्छ।
 
यो क्षेत्रमा काम गर्नेले सुरुको लेभलमा ६ लाखदेखि आठ लाख भारु प्राप्त गर्छ भने धेरै अनुभव भएका व्यक्तिले २५ लाख भारुसम्म तलब प्राप्त गर्छन्।
 
२. इन्भेस्टमेन्ट बैकिङ
भारतमा यसलाई मनिम्यानका रुपमा चिनिन्छ, किनभने यीनीहरु सधैंभरी पैसाको लागि मात्र काम र समय खर्च गर्दछन्। यिनिहरुले कम्पनीका लागि पैसाको व्यवस्था, सल्लाह र पैसाको लागि चाहिने सम्पूण कामहरु गर्दछन्।
 
त्यसका लागि तपाईं नम्बरप्रेमी हुनुपर्छ र लामो समयसम्म काम गर्न सक्ने हुनुपर्दछ। यस क्षेत्रमा काम गर्नेले सुरुको लेभलमा १२ लाखदेखि ३० लाख भारु प्राप्त गर्छ भने धेरै अनुभव भएको व्यक्तिले ५० लाख भन्दा धेरै प्राप्त गर्छन्।
 
३.मेनेज्मेन्ट प्रोफेसनल्स
मेनेज्मेन्ट प्रोफेसनल्सहरु हरेक कम्पनीका लागि मेरुदण्ड नै हुन्। यसका लागि तपाईंले कुनै पनि अर्गनाइजेसनमा राम्रौसँग व्यवस्थापन सम्हाल्नुपर्ने हुन्छ ताकि त्यो तपाईंका काम र अनुभवले संगठनलाई बलियो बनाउनुपर्दछ।
 
तपाईंले सुरुको लेभलमा कुनै तरिकाले इन्ट्रिहुनुभयो भने त्यसबाट अरु कम्पनीका लागि नयाँ भएर जाँदा कमसेकम दोब्बर तलबको लागि उपयुक्त हुनुहुनेछ। यस क्षेत्रमा काम गर्नेले सुरुको लेभलमा तीन लाखदेखि ३० लाख रुपैयाँ भारु प्राप्त गर्छ भने धेरै अनुभव भएको व्यक्तिले ८० लाख भन्दा धेरै प्राप्त गर्छन्।
 
४. चार्टर्ड एकाउन्टेन्सी
भारतमा यस सिकिमको रोजगारीलाई एउटा ट्रेन्डिङ रोजगारीका रुपमा लिइन्छ। तपाईं  व्यापार र लेखाको क्षेत्रमा एक्स्ट्रा अर्डिनरी हुनुभयो भने यसमा तपाईंको भविष्य उज्वल त छँदैछ अरु विभिन्न सेक्टरका रोजगारीका लागि राम्रो माध्यम हुनसक्छ।
 
यस किसिमको रोजगारीलाई भारतमा सबैभन्दा धेरै रेस्पेक्टेड रोजगारीको रुपमा लिइन्छ। यस क्षेत्रमा काम गर्नेले सुरुको लेभलमा पाँच लाखदेखि १२ लाख भारु प्राप्त गर्छ भने धेरै अनुभव भएको व्यक्तिले २५ लाख भन्दा धेरै प्राप्त गर्छन्।
 
५. सफ्टवेयर इन्जिनियरिङ
तपाईं कतै इन्जिनियरको रोजगारीबाट असन्तुस्ट हुनुहुन्छ भने चिन्ता मान्नु पर्दैन। अहिले भारतीय कम्पनीहरुले प्रोडक्ट डेभलपमेन्ट र प्रोफेसनल सेटिङका लागि अहिलो बृहत्तर रुपमा लिइरहेको छ। भरत अहिले विश्वमा सफ्वेयर हवको रुपमा विकास भइरहेको छ भने अबका धेरै बर्षसम्म भारत विश्वको सफ्टवेयर हवको रुपमा रहनेछ।
यस क्षेत्रमा काम गर्नेले सुरुको लेभलमा चार लाखदेखि आठ लाख भारु प्राप्त गर्छ भने धेरै अनुभव भएको व्यक्तिले १५ लाख भन्दा धेरै प्राप्त गर्छन्।
 
६. हवाई क्षेत्र
अहिले विश्वमा हवाई क्षेत्र निकै साँघुरिएको अवस्था छ किनभने आकाशको क्षेत्र प्रत्येक देशले सिमांकन गरेर साँघुरो बनाइराखेका छन्। यस क्षेत्रमा काम पाउनको लागि धेरै ने संघर्ष त गर्नु पर्छ तर रोजगारी पाइसकेपछि यसमा लाग्ने व्यक्तिहरुको तलब भने निकै राम्रो रहेको छ।
 
यस क्षेत्रमा काम गर्नेले सुरुको लेभलमा नौ लाखदेखि १८ लाख भारु प्राप्त गर्छ भने धेरै अनुभव भएको व्यक्तिले २० लाख भन्दा धेरै प्राप्त गर्छन्।
 
७. कानुनी सल्लाहकार
कर्पोरेट क्षेत्रको धेरै किसिमको नीति र नियम जानेको, न्यायको क्षेत्रमा दख्खल भएका व्यक्तिले यस क्षेत्रमा राम्रो अवसर प्राप्त गर्न सक्दछन्। तपाईं कानुनको बारेमा राम्रो ज्ञान राख्नुहुन्छ र कानुनको छिद्रलाई पत्ता लगाउन सक्ने हुनुहुन्छ भने भारतीय बजारमा राम्रो बिक्री हुनेमा पर्नुहुन्छ।
 
यो क्षेत्र भारतमा सबैभन्दा धेरै तलब दिने रोजगारीको क्षेत्रमा पर्दछ। एकजना वरिष्ठ वकिलले आफ्नो आदेश शुल्क तोक्न सक्छन जुन अरु संस्थामा काम गर्ने कर्मचारीको पुरैबर्षभरिको तलब बराबर हुन्छ। यस क्षेत्रमा काम गर्नेले सुरुको लेभलमा ६ लाखदेखि १० लाख रुपैयाँ भारु प्राप्त गर्छ भने धेरै अनुभब भएको व्यक्तिले १३ लाख प्रतिवर्ष कमाउने गर्दछन।
 
८.तेल र प्राकृतिक ग्यासको क्षेत्र
तेल र प्राकृतिक ग्यास भारतमा धेरै तलब पाउने संस्था र नाफा कमाउने मध्येको एक हो। यध्यपी भरत सरकारको एकलौटी नीतिका कारण धेरैले यसको सदुपयोग गर्न सकेका छैनन्। जियोलोजिस्ट र समुन्द्री इन्जिनियरले यस क्षेत्रमा राम्रो मौका र अबसर प्राप्त गर्न सक्दछन्। यस क्षेत्रमा काम गर्नेले १५ लाखदेखि २० लाख रुपैयाँ प्रतिबर्ष प्राप्त गर्दछन्।