पुजा कन्ट्रक्सनले ल्यायो कोबल्को ब्रान्डको एक्साभेटर , एसके १४० एचडी एक्साभेटरको मूल्य ६४ लाख

बिजमाण्डू
२०७२ फागुन २८ गते ००:०० | Mar 11, 2016
काठमाडौं । पुजा कन्ट्रक्सन नेपालले कोबल्को ब्रान्डको कन्ट्रक्सन उपकरण नेपाली बजारमा ल्याएको छ । विशाल ग्रुपको भगिनी संस्था पुजा कन्ट्रक्सन कोबल्को मेशिनरीको नेपालको अधिकृत विक्रेता हो ।

Tata
GBIME
Nepal Life


कम्पनीले नयाँ मोडलको एस्काभेटर  एसके १४० एचडी एलसि बजारमा ल्याएको हो । यो एस्काभेटरको मूल्य ६४ लाख रुपैयाँ छ ।कम्पनीले यसअघि  दुर्इ मोडेल एसके २१० र एसके ३८० का एस्काभेटर नेपाली बजारमा ल्याइसकको छ ।जापानीज हाइड्रोलिक प्रडक्ट कम्पनी कोबेल्को कन्ट्रक्सनले सन् २००७ मा भारतमा एक्साभेटर उत्पादन गर्नका लागि प्लान्ट स्थापना गरेको थियो । विहिवार कोबेल्कोका डाइरेक्टर कोजी नाकागावाले नयाँ मोडेलको एक्साभेटर सार्वजनिक गरे । अन्य एक्साभेटरको तुलनामा इन्धन किफायती र उच्च प्रतिफल दिने कम्पनीको दावी छ ।

कोबेल्कोका नेपाल र भारतमा गरी हाल पाँच हजार चारसय एस्काभेटर विक्री भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालमा कोबेल्को ब्रान्डका एक्साभेटरको बजार हिस्सा २५ प्रतिशत छ । नेपालमा कोबेल्को एक्साभेटर बजार हिस्साको आधारमा दोस्रो स्थानमा रहेको कम्पनीले जनाएको छ ।नेपालमा कोबेल्कोका एकसय २० भन्दा धेरै एक्साभेटर विक्री भइसकेको कम्पनीले जनाएको छ ।  कम्पनीका सिइओ विवेक विजुक्छेले छिट्टै   दुइसय ५० वटा एक्साभेटर विक्री गर्ने लक्ष्य राखेको बताए ।  ʽइन्धन खपत, उत्पादकत्व र विश्वसनियताका हिसावले हरेक क्षेत्रमा उच्च कार्यक्षमताका कारण हाम्रो एक्साभेटरको माग उच्च छ, उनले भने ।


कार्यक्रममा भूकम्प पछिको पुन निर्माणका लागि कोवेल्को कन्स्ट्रक्सनले नेपाललाई एउटा एस्साभेटर सहयोग गरेको छ । कार्यक्रममा कोबेल्को कन्स्ट्रक्सन प्रालिका डाइरेक्टर कोजी नाकागावाल एक्साभेटरको साँचो सडक विभागका उपमहानिर्देशक हरिराम आचार्यलाई हस्तान्तरण गरे । कम्पनीले दिएको एक्साभेटरलाई पुननिर्माणका लागि प्रयोग गर्ने आचार्यले बताए । पूजा कन्स्ट्रकसनले निकट भविष्यमा पोखरा, बुटवल, नेपालगंज, विराटनगरमा चाँडै नै सेल्स र स्पेयरपार्टस सहितको आउटलेट संचालनमा ल्याउने भएको छ ।