महिन्द्राको गष्टो १ सय २५ बजारमा, भारतीय स्कुटरमा पहिलाे पटक सीट एडजस्ट गर्न मिल्ने सुविधा

बिजमाण्डू
२०७२ फागुन २८ गते ००:०० | Mar 11, 2016
महिन्द्राको गष्टो १ सय २५ बजारमा, भारतीय स्कुटरमा पहिलाे पटक सीट एडजस्ट गर्न मिल्ने सुविधा
काठमाडौं । दुई पांग्रे सवारी साधनमा बलियो बजार स्थापित गरिरहेको महिन्द्राको गष्टो स्कुटरको नेपालमा विक्री सुरु भएको छ । महिन्द्रा टु ह्विलरको नेपालको अधिकृत विक्रेता अग्नी समूहले शुक्रवारदेखि विक्री शुभारम्भ गरेको हो ।
 

महिन्द्राको भारतको पुनेमा रहेको अनुसन्धान तथा विकास(आर एन्ड डी) केन्द्रमा विकास गरिएको यो स्कुटर शक्तिशाली र युनिक स्टाइलको रहेको छ । यो स्कुटरको प्रतिस्पर्धी होन्डाको एक्टिभा र  सुजुकीको स्वीस हो । महिन्द्रा ग्रुपका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठले विक्रीपछिको सेवालाई सुदृढ गरिने प्रतिवद्धता व्यक्त गरे ।

Tata
GBIME
Nepal Life

‘नेपालमा सार्वजनिक यातायात व्यवस्थित छैन । सहज यात्राका लागि निजी सवारी साधन किन्ने उपभोक्तालाई विक्रीपछिको सेवा राम्रो बनाउनुपर्छ,’ उनले भने, ‘हाम्रो फोकश भनेको सर्भिस सेन्टर र स्पेर्यस पार्टस हो । हाम्रो बालाजु र उत्तर ढोकामा  सुविधा सम्पन्न सर्भिस सेन्टर छ । यसलाई अझै विस्तार गर्ने योजनामा छौ ।’ उनले सवारी विग्रिएपछि मर्मतलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिवद्धता व्यक्त गरे ।
कम्पनीका अनुसार  यो स्कुटरले बजार विस्तार गर्दै  वेग्लै पहिचान बनाउनेछ । गष्टो स्कुटरमा सीट तल÷माथि लैजान मिल्ने(एडजस्टेवल) विशेषता छ । स्कुटर चलाउने होचो भएमा सीटलाई तल र अग्लो भएमा माथि लैजान मिल्ने कम्पनीको दावी छ । यो भारतमा उत्पादन भएको स्कुटरमा पहिलो पटक प्रयोगमा ल्याइएको हो । अन्य स्कुटरमा यो सुविधा छैन ।

‘एउटै परिवारमा अग्लो÷होचो व्यक्ति हुनसक्छन्,’ महिन्द्रा टु ह्विलरका एक्सर्पोट हेड सन्दिप सिंहले भने, ‘यस्तो अवस्थामा स्कुटर चलाउनै मुस्किल हुने गर्छ । त्यसैले हामीले सिट एडजस्ट गर्न मिल्ने गरी स्कुटर बनाएका छौ । यो उपभोक्ताका लागि सहयोगी हुने हाम्रो विश्वास छ ।’ यो स्कुटरले प्रतिलिटर ४० देखि ४५ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

१ लाख ७९ हजार मूल्य रहेको यो स्कुटरमा  रिमोट फिल्प की, फाइन्ड मी ल्याम्प, गाइड ल्याम्प लगायतका विशेषता रहेका छन् । यो ल्याम्पको मद्धतले कुनै पनि सवारी साधनकर्ताले अध्यारोमा कुनै समस्या भोग्नुपर्दैन् । स्कुटरमा १२ इन्चको ह्विल, ट्युवलेस टायर, फ्रन्ट टेलिस्कोपिक सस्पेन्सन छ । स्कुटर हाई ग्राउन्ड क्लियरेन्स र वाइड ह्विलवेश भएकोले  रहेकोले  सवारी चलाउँदा सुरक्षित र स्थायित्व दिने कम्पनीको दावी छ ।