अपि पावरले दुई सय प्रतिशत हकप्रद सेयर वितरण गर्दै, चैत २७ लाई वोलायो विशेष साधारणसभा

बिजमाण्डू
२०७२ फागुन ३० गते ००:०० | Mar 13, 2016
अपि पावरले दुई सय प्रतिशत हकप्रद सेयर वितरण गर्दै, चैत २७ लाई वोलायो विशेष साधारणसभा
काठमाडौं । अपि पावर कम्पनीले एक बराबर दुईका दरले हकप्रद सेयर वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले हकप्रद सेयर जारी गर्न विशेष सधारणसभा डाकेको छ । कम्पनीले चैत २७ गते विशेष सधारणसभा डाकेको छ ।
 
कम्पनीको अहिले १०० करोड चुक्ता पुँजी छ । वोनस सेयर वितरणपछि पुँजी ३०० करोड रुपैयाँ पुग्ने छ । अपिले ७५ मेगावाटको आयोजना निर्माण गर्न लागेको सिद्घकाली पावर कम्पनीको वहुमत सेयर किन्न लागेको छ । कम्पनीले अहिले ८ मेगावाटको अपर नौगड गाढ आयोजना र ४० मेगावाटको माथिल्लो चमेलियाको निर्माण कार्यलाई समेत अघि बढाउने निर्णय गरेको छ ।
 
कम्पनीले यस अघिनै १७ महिनाको छोटो अवधिमा ८.५ मेगावाटको नौगड गाढ आयोजना समापन गरि राष्ट्रिय प्रशारण लाईनमा जोडिसकेको छ । कम्पनीले निर्माण गर्ने ८ मेगावाटको अपर नौगड गाढ आयोजना र ४० मेगावाटको माथिल्लो चमेलिया दार्चुला जिल्लामा नै भएकोले निर्माण कार्य अमmै छिटो सकिने जनाएको छ ।
 
कम्पनीले आफ्नो आयोजनाहरुको निर्माण कार्य २०७३ बैशाखबाट शुरु गर्ने भएको छ । कम्पनीले देशमा विद्यमान उर्जा संकट समाधान गर्न आक्रमक रुपमा प्रस्तुत हुने बताएको छ । कम्पनीले आफ्ना शेयरधनिहरुलाई बढि भन्दा बढि लाभांश उपलब्ध गराउने र कम्पनीलाई नेपालको एक ठूलो निजि क्षेत्रको जलविद्युत विकास कम्पनी बनाउने उद्येश्यका साथ मेहनतका साथ कार्य गर्ने योजना रहेको समेत बताएको छ ।

Tata
GBIME
Nepal Life